ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

करारमा उपप्रध्यापक थप्न लागेकोमा विरोध

by चितवन पोष्ट
२०७१ श्रावण १९, सोमबार ०३:०७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रामपुर क्याम्पसमा विवाद 
रामपुर । कृषि तथा वन विश्वविद्यालयले करारमा नयाँ उपप्राध्यापकहरु नियुक्ति गर्न सूचना निकालेपछि विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । कृषि संकायमा ११ जना उपप्राध्यापकहरु पदपूर्ति गर्न डिन कार्यालयले साउन ९ गते सात दिने सूचना निकालेको थियो । प्राध्यापक तथा कर्मचारीहरुले सो सूचना खारेज गर्न माग गर्दै आइतबारबाट धर्ना दिएका छन् ।
‘तत्काल आवश्यकता नहुँदानहुँदै पनि विश्वविद्यालयको नियम र प्रावधानहरुलाई समेत मिचेर डिन कार्यालयले सूचना निकालेर प्राध्यापकहरु राख्न लागेको छ । त्यो खारेज हुनु पर्छ’, विश्वविद्यालयको कृषि संकाय डिन कार्यालयअगाडि धर्नामा बसेका उपप्राध्यापक सन्तोष मरहठ्ठाले भन्नुभयो । विश्वविद्यालयको कार्यकारिणी परिषद्ले असार ९ मा उपप्राध्यापक भर्ना गर्ने निर्णय गरेको थियो ।
सो निर्णय सार्वजनिक भएपछि विश्वविद्यालयका प्राध्यापकहरुले डिनको कार्यालयमा असार १५ मा तालाबन्दी गरेका थिए । तालाबन्दी कायमै रहेका बेलामा साउन ९ गते डिन कार्यालयले गोरखापत्रमा पदपूर्तिको विज्ञापन निकालेको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक कर्मचारीहरुको आवाजमा सुनुवाइ नभएका कारण धर्ना सुरू गरेको प्राध्यापकहरुले बताए ।
डिन कार्यालयले बाली रोग विज्ञान, कीट विज्ञान, वातावरण विज्ञान, बाली विज्ञान, ग्रामीण समाजशास्त्र, कृषि अर्थशास्त्र र जैविक रसायन विज्ञानमा एक÷एकजना उपप्राध्यापक मागेको छ । त्यस्तै बाली प्रजनन् र बागवानी विज्ञानमा दुई÷दुईजना उपप्राध्यापक पदपूर्ति गर्ने डिन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
सम्बन्धित विभागमा उपप्राध्याक आवश्यक भएनभएको बारेमा विभाग प्रमुखहरुसँग पनि राय नलिएको प्राध्यापकहरुले बताए । ‘मेरो विभागमा प्राध्यापक उपप्राध्यापकहरु आवश्यक छ या छैन भनेर मसँग सोध्नु पर्ने हो वा मैले माग गरेको हुनुपर्ने हो । मलाई केही थाहा नै छैन डिन कार्यालयले उपप्रध्यापक मागेछ’, कृषि अर्थशास्त्र विभागका प्रमुख जयप्रकाश दत्तले भन्नुभयो ।
प्राध्यापक वा कर्मचारीहरुको नियुक्ति विश्वविद्यालय सेवा आयोगमार्फत हुनुपर्नेमा डिन कार्यालयले गर्न लागेको मरहठ्ठाको भनाइ छ । विश्वविद्यालयको कर्मचारी नियमावलीमा शिक्षक कर्मचारी नियुक्ति गर्दा ३५ दिनको सूचना जारी गर्नुपर्नेमा जम्मा सात दिनको मात्रै मिति राखेर डिन कार्यालयले सूचना निकाल्नु नियमविपरीत भएको उहाँले बताउनुभयो ।
नियुक्ति गर्ने पदको न्यूनतम योग्यता प्राज्ञिक परिषद्ले निर्धारण गर्नुपर्नेमा डिन कार्यालय आफैँले गरेको आन्दोलनरत प्राध्यापकहरुले बताए । ‘विज्ञापनको म्याद छोटो राख्ने, समावेशी नगराउने, आवश्यक न्यूनतम योग्यता आफँै निर्धारण गर्ने नियतले विश्व कार्यकारिणी परिषद्का पदाधिकारीहरुले आफूले चाहेकाहरु मात्रै राख्न खोजियो’, संघर्षरत प्राध्यापकहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
परिषद्मा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, तीनजना डिनहरु र दुईजना प्राध्यापकहरु रहने नियम छ । ‘सबै कुरा नियमअनुरुप नै छ । ३५ दिनको अवधि स्थायी नियुक्ति दिन हो । करारमा राख्न सार्वजनिक सूचना निकालेर प्रतिस्पर्धा गराउने भन्ने छ । हामीले त्यही गरेका हौं’, परिषद् सदस्य विश्वविद्यालयका रजिष्ट्रार सूर्यकान्त घिमिरेले भन्नुभयो ।

Related Posts

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

चितवनमा झन्डै ३३ हजारको कोरोना परीक्षण

नवलपुरका विद्यालय पूर्णरुपमा सञ्चालनमा आए

Chitwan Post

नवलपुरका कैदीबन्दीलाई पुस्तकालय

Discussion about this post

अन‌ि यो पनि

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु
प्रमुख समाचार

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

भरतपुर । चितवनमा चालू आर्थिक वर्ष ०७७/७८ को ६ महिनामा सवारी दुर्घटनाबाट ५८ जनाको मृत्यु भएको छ । दुर्घटनाबाट पुसमा...

Read more
बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्न किराना व्यवसायीको माग

अम्ब्रेला स्ट्रीटमा आन्तरिक पर्यटक बढ्दै

चितवनमा कोरोना : ४१ हजारको परीक्षण, १६ प्रतिशतमा संक्रमण, दुई प्रतिशतको मृत्यु

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

ओली प्रतिगमन उन्मुख : पोखरेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In