दरियाँल खोलामा  ट्रिप्पर चालकको  शव भेटियो

अन‌ि यो पनि

धादिङ, २३ जेठ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित दरियाल खोला किनारमा गाडिएको अबस्थामा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
खोला छेउमा हिलोले पुरिएको अबस्थामा भेटिएको शव गजुरी गाउँपालिका–७ स्याम्मैडाँडाका २४ बर्षिय अर्जुन श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हत्या गरेर पुरेको अबस्थामा भेटिएका युवक ट्रिफर चालकको रुपमा कार्यरत थिए ।
श्रेष्ठ जेष्ठ २० गते साँझ ८ बजे घरबाटै हराई रहेका थिए । श्रेष्ठको खोजी कार्य भईरहेको बेला आईतबार दिउँसो माछा मार्न खोलामा पुगेका जालहारीले मान्छेको औंला खोलामा भेटेपछि गाउँलेहरुलाई खबर गरेका थिए ।  खोलाको किनारमा पुरिएको अवस्थामा भेटिएको शव भेटिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले केही व्यक्ति माथि निगरानी बढाई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।
प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया