चितवनका अस्पतालमा ३२७ संक्रमित उपचारत, ६ जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर, २३ जेठ । चितवनका विभिन्न अस्पतालहरुमा आइतबार ३२७ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ११०, चितवन मेडिकल कलेजमा ९६, पुरानो मेडिकल कलेजमा ३३, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १९ जना र अन्य साना अस्पतालमा २८ जना छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरी, ६ जना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका संक्रमित एक जना छन् । मृत्यु हुने ६ जनाहरुमा चितवनका एक सहित नवलपरासीका २ जना, रौतहट १, तनहुँ १ र बारा १ जना रहेका छन्।

उपचाररत ३२७ जनामध्ये भेन्टिलेटरमा ३५ जना, आइसियूमा १४६ जना, एचडियूमा ४७ जना र जनरल वेडमा १३५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया