लायन्स क्लब हाइलाइट्सले दियो स्वास्थ्य संस्थालाई सामग्री

अन‌ि यो पनि

धादिङ । लायन्स क्लब अफ नेपाल हाईलाइट्सले धादिङको अस्थायी कोभिड अस्पतालका साथै जिल्लाका अन्य चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।
क्लबले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सञ्चालित अस्थायी कोभिड अस्पताल, ज्वालामुखी गाउँपालिकाको सालवास, त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानी र आगिन्चोक स्वास्थ्य चौकीका साथै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि अक्सिजन कन्सनट्रेटर ४ थान, अक्सिजन रेगुलेटर २० थान, डिजिटल थर्मोमिटर २० थान,फेस शिल्ड एक सय वटा,अक्सिजन मास्क २० थान, पल्स अक्सिमिटर २० थान, पिपिई सेट ४० वटा, सर्जिकल मास्क ३५०० थान, थर्मल गन १० थान, स्यानिटाईजर १२५ लिटर, स्टिमर २५ थान र एक सय जनालाई भिटामिने औषधि उपलव्ध गराईएको क्लवका अध्यक्ष चिरन्जिबी खकुरालले वताए ।
जिल्ला अस्पताल द्धारा सञ्चालित अस्थायी कोभिड अस्पताल धादिङबेसीमा अक्सिजनको मिनी प्लाण्ट जडान गरी सञ्चालनमा आईरहेकोले अक्सिजन कन्सनट्रेटर ग्रामीण भेगका स्वास्थ्य संस्थालाई प्राथमिकता दिईएको पनि अध्यक्ष खकुरालले जानकारी दिए ।
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा,उपचारमा रहेका विरामी र तिनका कुरुवाको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराईएको क्लवले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा पुगेर सामग्री बितरण गर्ने कार्यमा क्लवका अध्यक्ष खकुरालका साथै अन्य सदस्यहरु विनोद सडौला, ईश्वर भण्डारी र बुद्धिप्रसाद बुर्लाकोटीको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया