लायन्स क्लबबाट स्वास्थ्य सामाग्री सहयोग

अन‌ि यो पनि

धादिङ, २३ जेठ । लायन्स क्लव अफ नेपाल हाइलाइट्सले धादिङको अस्थायी कोभिड अस्पतालका साथै जिल्लाका अन्य चारवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु सहयोग गरेको छ ।

क्लबले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सञ्चालित अस्थायी कोभिड अस्पताल, ज्वालामुखी गाउँपालिकाको सालवास, त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानी र आगिन्चोक स्वास्थ्यचौकीका साथै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि अक्सिजन कन्सन्ट्रेटर ४ थान,अक्सिजन रेगुलेटर २० थान, डिजिटल थर्मोमिटर २० थान,फेस शिल्ड एक सय वटा,अक्सिजन मास्क २० थान, पल्स अक्सिमिटर २० थान, पिपिई सेट ४० वटा, सर्जिकल मास्क ३५०० थान, थर्मल गन १० थान, स्यानिटाइजर १२५ लिटर, स्टिमर २५ थान र एक सय जनालाई भिटामिन औषधि उपलव्ध गराइएको क्लवका अध्यक्ष चिरन्जिवी खकुरालले वताए ।

जिल्ला अस्पतालद्वारा सञ्चालित अस्थायी कोभिड अस्पताल धादिङबेसीमा अक्सिजनको मिनी प्लाण्ट जडान गरी सञ्चालनमा आइरहेकोले अक्सिजन कन्सन्ट्रेटर ग्रामीण भेगका स्वास्थ्य संस्थालाई प्राथमिकता दिइएको पनि अध्यक्ष खकुरालले जानकारी दिए ।
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा,उपचारमा रहेका विरामी र तीनका कुरुवाहरुको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराइएको क्लबले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा पुगेर सामाग्री वितरण गर्ने कार्यमा क्लबका अध्यक्ष खकुरालका साथै अन्य सदस्यहरु विनोद सडौला, ईश्वर भण्डारी र बुद्धिप्रसाद बुर्लाकोटीको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया