मकवानपुरमा गाँजासहित तीन जना पक्राउ

अन‌ि यो पनि

मकवानपुर । मकवानपुर प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–७ का ४७ वर्षीय हीराबहादुर मोक्तान, २४ वर्षीय रामबहादुर मोक्तान र सोही ठाउँ बस्ने २४ वर्षीय ठाकुर सुनार छन् ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक दीपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट १२ केजी ३०० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको थियो । झोलामा गाँजा बोकेर हिँडिरहेका उनीहरूलाई सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...