कामना सेवाका कर्मचारीको कान्दाका चेपाङलाई राहत

अन‌ि यो पनि

खुरखुरे, २३ जेठ । राप्ती नगरपालिका–१३ कान्दाका अति विपन्न १०० चेपाङ परिवारलाई कामना सेवा विकास बंैक नारायणगढ क्षेत्रका कर्मचारीहरुले मितेरी फाउण्डेसनसँग सहकार्य गरी शनिबार राहत वितरण गरेका छन् ।

कर्मचारीहरुले नै रकम संकलन गरी चामल, दाल, नुन, तेल, सोयबिन, चिउरा वितरण गरेको खुरखुरे शाखाकी शाखा प्रबन्धक बिन्दु सिंजाली मगरले जानकारी दिइन् ।

चितवनमा रहेको १४ वटा शाखाका कर्मचारीहरुले स्वतफूर्त रुपमा पैसा संकलन गरेर गरिब चेपाङ परिवारलाई राहत वितरण गर्न सफल भएको क्षेत्रिय प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए ।

यस बैंकको चितवनमा मात्रै १४ वटा शाखा र देशभर रहेका १२५ शाखा रहेको शाखा प्रबन्धक मगरले जानकारी दिइन् ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया