हराएको बुलेट बाइक फिर्ता

अन‌ि यो पनि

भरतपुर, जेठ २३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हराएको बुलेट बाइक सम्बन्धित धनीलाई वुझाएको छ। चितवनका ट्राफिक प्रहरी निरीक्षक भगवानराज थापाले हाल बाइकको स्वामित्व वहन गर्ने निकाय प्रिमियर इन्स्योरेन्सलाई आइतबार कार्यालयमा कागजपत्र र साधन हस्तान्तरण गरेका हुन् ।

नवलपरासी गैडाकोट–५ बस्ने सन्देश गौतमको नाममा रहेको बाइक हराएको भनी ०७६ साउन १४ गते महानगरीय ट्राफिक महाशाखामा गौतमले जानकारी गराएका थिए ।

प्रिमियर इन्स्योरेन्स नारायणगढका शाखा प्रबन्धक शंकर अधिकारीका अनुसार गौतमले विमा दावी भुक्तानी लिइसकेका छन् । दैनिक चेकजाँचको क्रममा प्रदेश २–०३–००५ प ९८२४ नम्बरको खरानी रङको मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–००८ प १६७९ रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया