अटो एम्बुलेन्सको दुरुपयोग बढ्यो

अन‌ि यो पनि

हेटौँडा । हेटौँडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटोएम्बुलेन्सले सर्वसाधारण मानिस बोक्न थालेपछि स्थानीय प्रशासनले कारवाही गर्न थालेको छ ।

कोभिड–१९ का बिरामी बोक्ने गरी सञ्चालनमा आएका अटो एम्बुलेन्सले पनि दुरुपयोग गरी अन्य मानिस बोक्न थालेपछि जिल्ला प्रशासनले त्यस्ता अटोलाई कारबाही गरेको हो ।

यसैक्रममा जिल्ला प्रशासन कार्यालयले हेटौँडा–१९ वडाका निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले हेटौँडा–१० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरू बोकेको अवस्थामा सो अटोलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमनबाट केही अटो एम्बुलेन्सले दुरुपयोग गरेको पाइएकाले कारवाही गरिएको टोलीले जनाएको छ ।

यसैबीच, शनिबार मकवानपुरका विभिन्न स्थानबाट निषेधाज्ञा उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका ४१ सवारी साधनलाई कारवाही गरेको प्रहरीले जनाएको छ । सवारी साधनलाई जनही रु दुई हजारदेखि पाँच हजारका दरले जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङघन गर्ने विभिन्न सवारी साधनलाई कारवाही हुँदै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...