बजारमा तरकारीको भाउ घटेन, गाउँमा किसानले कुहाएर फाले

अन‌ि यो पनि

भरतपुर । चितवनमा रहेको फलफूल तथा तरकारी बजारहरुमा तरकारी खरिद गर्दा उपभोक्ताहरुले खासै तरकारीको मूल्य घटेको महसुस गरेका छैनन् । तर किसानहरु उत्पादन गरेको तरकारी नबिकेर बारीमै फाल्न बाध्य भएका छन् । बिकेका तरकारी पनि किसानले भनेजस्तो मूल्य पाएका छैनन्, व्यवसायीहरुले जति मूल्य दिन्छन्, किसान त्यतिमै फाल्न बाध्य भएका छन् ।

भरतपुर-२५ स्थित रेग्मी तरकारी फर्मका सञ्चालक नारायणप्रसाद रेग्मीले आफूले एक बिघाको टमाटर कुहाएर फालेको बताए । उनले भने, ‘कोरोनाका कारण लगाइएको निषेधाज्ञाले किसानलाई डुबायो, नबिकेपछि टमाटर बारीमै फालेँ, काँक्रो बारीमा कुहिएर गयो ।’

उनले कति किसानको तरकारी नबिकेपछि बारीमा जोतेर मकै लगाएका बताए । उनले भने, ‘बोडी निषेधाज्ञा अघि १२० रुपैयाँ किलो थियो, निषेधाज्ञा लागेपछि विस्तारै १० रुपैयाँ किलोमा पनि बिकेन ।’

किसान रेग्मीले यसो भनिरहँदा भरतपुर १२ रहेकी गृहिणी भगवती सापकोटाले ४० रुपैया घटेर कहिल्यै बजारमा बोडी किन्न पाइनन् । बजारमा उपभोक्तालाई तरकारीको चर्को मूल्य तिरिरहँदा गाउँमा तरकारी उत्पादन गरेका किसानको तरकारी नबिकेर खेर गइरहेको अवस्था छ ।

नारायणगढको तरकारी बजारमा घिरौला ८० रुपैयाँ किलो हुँदा गाउँमा तरकारी लगाएका किसानले त्यो घिरौला २० रुपैयाँ किलोमा बेचिरहेका थिए । भरतपुर २५ का जव्का कृषक समूहका रामनाथ महतोले भिन्डी २० रुपैयाँ किलोमा व्यवसायीलाई तरकारी बेचिरहँदा नारायणगढ क्षेत्रपुरमा रहेको तरकारी बजारमा भिन्डी प्रतिकिलो ५० रुपैयाँ थियो ।

एकातिर किसानले निषेधाज्ञाका कारण तरकारी बारीमै फालिरहेका छन् भने अर्कोतिर भरतपुर बजारमा बसेर किनेर खाने उपभोक्ताले सस्तोमा तरकारी पाइरहेका छैनन् । तरकारी किसान महतो भन्छन्, ‘यतिबेला तरकारीले भाउ पाएन, तर उपभोक्तालाई महँगो परिरहँदा म चकित भएको छु । करेला मैले प्रतिकिलो ७ रुपैयाँमा बेचेँ तर बजारमा किनेर खानेहरुलाई सोध्दा ३० रुपैयाँ किलोमा किनेको बताउँछन् ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले निषेधाज्ञाका कारण किसानहरु डुबेका र पलायन हुने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘अघिल्लो लकडाउनमा विदेशबाट आएर कृषिमा लगानी गरेका थुप्रै युवाहरु यसपटकको निषेधाज्ञाले पलायन हुने अवस्था सिर्जना भएको छ, सयौँ किसान ऋणमा डुबेका छन् । तरकारी बेचेर लागत त के ढुवानी खर्च पनि मुस्किलले उठेको होला ।’

उनका अनुसार भरतपुर महानगरपालिकामा मात्र यस पटक बटेर झन्डै ७०० हेक्टरमा तरकारीखेती भएको थियो, तर अब यो अवस्थाले त आगामी दिनमा तरकारी लगाउने हेक्टर त घट्छ । उनले भने, ‘यसपटक किसानको टमाटर ३ रुपैयाँमा पनि बिकेन फाल,े तर यतिबेला बजारमा टमाटरको अभाव देखिएको छ, अरु कुनै पनि तरकारीको लागत उठ्ने गरी तरकारीको भाउ नै पाएका छैनन् ।’

उनले तरकारी किसानहरुलाई सरकारले राहतका योजनाहरु ल्याउनपर्ने बताउँछन् । उनी भन्छन्, ‘यसपटक डुबेका किसानले अर्को पटक तरकारी लगाउँदा केको पैसाले लगाउने, त्यसकारणका स्थानीय तहले पनि राहतका प्याकेजहरु ल्याउनुपर्छ ।’

फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष मदनप्रसाद सापकोटाले बजारको उतारचढाव, तरकारीहरु स्टकमा राख्दा, किसानबाट उपभोक्तासम्म पुग्दा बीचमा रहेका व्यवसायीहरुले केही प्रतिशत नाफा राख्दा, उपभोक्ताको घरसम्म ढुवानी गर्दा तरकारी महँगो हुन गएको बताए ।

उनले भने, ‘उपभोक्ताले भान्सासम्म तरकारी ल्याउन भन्छ, व्यवसायीले भान्सासम्म गएको त सबै खर्च जोड्छ, अनि केही महँगो पर्छ ।’ उनले यतिबेला निषेधाज्ञाका कारण उपभोक्ताले पनि सस्तोमा तरकारी पाइरहेको दाबी गरे ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया