बाँदरमुढे घटनाको १६ वर्ष : प्रचण्डले चुनावमा गरेको वाचा अधुरै

अन‌ि यो पनि

माडी । चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले बसमा गराएको विष्फोट घटनाको १६ वर्ष पुगेको छ ।
विस २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना१ख ३२४५ नम्बरको बस विस्फोटमा पर्दा घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो । ७५ जना घाइते भएका थिए । पछि थपिएर मृतक संख्या ४२ पुग्यो ।

घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि खाइरहेको र सात जना मानसिक समस्यामा रहेको बाँदरमुढे घटनापीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए । मृतकको सम्झनामा खोलामा स्मारक निर्माण गरिएको छ । तर यसवर्ष भने स्मारकनजिक दीप प्रज्ज्वलन गरी कालो दिवसको रुपमा मनाउने तयारी भएको उनको भनाइ छ ।

घटनापश्चात् पीडितको राहतका लागि विभिन्न समयमा बोलिएका आश्वासन पूरा नहुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन् । घटनामा परी आफन्त गुमाएका र अपाङ्गता भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय निर्वाचनका क्रममा २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन । उनले चुनावी सहकार्य गरेर तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ वर्षसम्म सरकारमा रह्यो । स्थानीय सरकार उनकै पार्टीका कार्यकर्ता छन् । तर सत्ता र शक्ति हातमा हुँदा पनि प्रचण्डले नयाँ केही गर्न सकेनन् आफैँले गरेको वाचा पनि पूरा गरेनन् भनेर पीडितहरुले टिप्पणी गरेका छन् ।

पार्टी मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने सहमति भएको थियो । ‘राजनीतिक र चुनावी मुद्दा बनाइयो, प्रधानमन्त्रीसमेत भइसकेको मान्छेले बोलेका कुरा त पूरा हुन्न भने अरुको कुरा के पत्याउनु, समितिका अध्यक्ष न्यौपाने भने ।

यसैगरी घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० विगाह जमिनमा नमुना सङ्ग्रहालय बनाउने अर्को सहमति पनि भएको थियो । अहिले यी सहमति कुनै पनि पूरा नभएको अध्यक्ष न्यौपानेको भनाइ छ ।

माडी नगरपालिकाले हासम्म २५ जना पीडितलाई एक लाखका दरले राहत दिएको छ । बाँकी अन्यलाई नदिएको सम्बन्धमा मेयर ठाकुर ढकालसँग कुरा गरिने उनले बताए । घटनाका पीडित निर्मल शर्माले आश्वास दिने तर, पूरा नगर्ने नेताको बानीबाट आफूहरु थप पीडित बनेको प्रतिक्रिया दिए ।

बाँदरमुढे घटनापीडितको लगत संकलन भएको छ । लगत संकलन टोलीले घटनाका मृतक तथा घाइतेका परिवारलाई घरमै भेटघाट गरी लगत उठाएको थियो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने मृतकका परिवार र घाइते गरी १३५ जनाबाट लगत संकलन गरिएको बताए ।

नगरप्रमुख ढकालको संयोजकत्वमा गठित ‘बाँदरमुढे घटना समाधान समिति’ले झापा, दमौली, पोखरालगायत विभिन्न ठाउँमा गएर लगत संकलन कार्य गरेको हो । बाँदरमुढे घटनामा झापाका एकै घरका चार जनाको मृत्यु भएको थियो ।

बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले चुनावको समयमा आफूहरुसँग गरेको प्रतिबद्धता तत्काल पुरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन् । घाइतेको औषधिउपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग उनले राखेका छन् ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया