आगो लाग्दा पार्वतीको मृत्यु, ‘शङ्का गर्ने ठाउँ प्रशस्त’

अन‌ि यो पनि

भरतपुर । छिमेकी र आफन्तका अनुसार मिजासिलो स्वभावकी थिइन् ६७ वर्षीया पार्वती भट्टराई ।

भरतपुर–६ का पदमप्रसाद भट्टराईसँग बिहे  गरेका उनको सन्तान नभएपछि  उनले मामाकी छोरी श्रीमान्को लागि मागिदिइन् । विसं २०४१ सालमा पार्वतीकै अनुरोधमा आफ्नै मामाकी छोरीसँग बिहे भयो र छोरा  जन्मिए ।

त्यसपछि पार्वतीमाथि शारीरिक मानसिक यातना दिने गरेको आफन्तको भनाइ छ । घरमा सासूआमा (पदमकी आमा) यही जेठ १३गते बितिन् । काजकिरिया चलिरहेको थियो । काजकार्य चलेको चौंथो दिनमा त्यसै घरमा अपत्यारिलो घटना भयो । सासूको किरियाबसेकी पार्वती अकस्मात् शरीरमा आगो लागेर जल्न पुगिन् । आगोले जलेको भनेपछि चितवन मेडिकल कलेजमा उपचार गर्न लगियो। तर, उनी बाँच्न सकिनन् ।

अस्पतालको बेडमा रहँदा पार्वतीले मलाई यस्तो हुन्छ भन्ने लागिरहको थियो, भनी बोलेको उनका भाइ बद्री ढकाल बताउँछन् ।शरीरको ८० प्रतिशत भाग जलेको तर कोठाको अरु सामानमा क्षति नपुगेको उनका भाइले बताए।  जेठ २० गते पोस्ट मार्टमपछि सद्गत गरिएको छ । भरतपुर अस्पतालबाट शव घर लैजाँदा भेला भएका स्थानीय आक्रोशित भई सामान्य ढुङ्गामुढासमेत भएको थियो। घरमा धेरै संख्यामा सुरक्षाकर्मी खटिएका थिए ।

शङ्काको सुविधा

पार्वतीको शरीरमा आगो लाग्नु पहिलेको सामान्य अवस्था र आगजनीपश्चात् भएका घटनामा प्रशस्त शङ्का गर्ने ठाउँ रहेकोआफन्तहरु बताउँछन् । जस्तै कान्छी श्रीमतीबाट छोरा भएपछि शारीरिक र मानसिक यातना दिने गरेको, परीक्षण नै नगरी कोरोनापोजेटिभ हो भनी घरमा कोठाभित्रै थुनेर राखेको र कसैलाई पनि भेट्न नदिएको, मानसिक सन्तुलन ठीक नभएको भनी भरतपुरस्थितहेल्प नेपाल अस्पतालमा राखेको मृत्युपूर्वका शंकास्पद व्यवहार रहेको मृतकको भाइ ध्रुव ढकालले बताए ।

जेठ १६ गते दिउँसो शरीरमा आगो लागेपछि उनको श्रीमान्ले दियो जलाउने क्रममा आगोले टिपेर कपडामा सल्किएको प्रतिक्रिया दिए ।त्यति मात्रै होइन, एउटै घरमा मान्छेमाथि आगलागी भएर ८० प्रतिशतसम्म शरीर जल्दा पनि घरमै रहेका श्रीमान् र कान्छी श्रीमतीले  १५ मिनेटसम्म थाहा नपाएको बताएको  मृतकका भाइ ध्रुव बताउँछन् ।

किरियापुत्री रहेको घरमा अचानक कहालीलाग्दो घटना भएपछि छरछिमेक, महिलाको माइती पक्ष र प्रहरीलाई खबर गर्नुको साटो परिवार आगजनी भएको ठाउँ सफा गरेर डेटोल छरेर राखेको मृतकका भाइ ध्रुव बताउँछन् ।

मान्छेबाहेक अरु वस्तुमा आगो लागेको छैन । प्रमाणहरु नष्ट गर्न अग्रसर हुनु र त्यस परिवारका अन्य सदस्यको व्यवहार यातनापूर्ण रहनुले दिदीको आफैँ आगजनी नभई हत्या भएको हुन सक्ने भनी उनको अर्का भाइ बद्रीप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया