विश्व वातावरण दिवस : नेचर गाइडद्वारा दबाब मुलक कार्यक्रम

अन‌ि यो पनि

रत्ननगर । चितवनका नेचरगाइडहरुले वातावरण संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जलाई दबाब दिएका छन् । विश्व वातावरण दिवसको अबसरमा शनिवार नेचर गाइड एशोसियसन चितवनले जनचेतनामुलक कार्यक्रमसँगै वातावरण जोगाउन सार्थक प्रयास थाल्न दबाब दिएका हुन ।

वातावरणलाई मानव र वन्यजन्तुको जीवनसँंग जोडेर गाइडहरुले संरक्षणको प्रयास अगाडि बढाउन निकुञ्जलाई दबाब दिएका हुन । निकुञ्जको सौराहा सेक्टर कार्यालय अगाडि गाइडहरुले विभिन्न वातावरण संरक्षणमुलक नारा लेखिएका प्लेकार्ड हातमा लिएर बसेका थिए । जीवन रक्षाका लागि वातावरण जोगाउ, जनावरको खानेपानी सफा राखौं, फोहोर नियन्त्रण पनि संरक्षण हो, नदीमा जथाभावी फोहोर फाल्न नियन्त्रण गर, नदी सफा जनावारको खानेपानी सफालगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एशोसियसनका अध्यक्ष राजेन्द्र धामीले नदी प्रदुषण बढ्दै गएका कारण जनवारले अकालमै ज्यान गुमाउन पर्ने अवस्था आइपरेको भन्दै निकुञ्जलाई सरसफाइमा ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा संरक्षणकर्मी टीका गिरीले मानव र वन्यजन्तुको जीवन रक्षाको लागि अबको मुख्य काम वातारण संरक्षण हुनुपर्ने बताए । पर्यटनका लागि मात्र होइन उनले भने सिंगो मानव जगतको लागि वातावरण जोगाउन गर्नुपर्छ । एशोसियसनका पूर्व अध्यक्ष उदयचन्द्र अर्यालले वाताबरणसँग सिंगो मानव जगत निर्भर रहेकाले यसप्रतिको दायित्व बोध हुन जरुरी रहेको बताए ।

वातावरण जोगाउने काम नसकिने यात्रा जस्तै भएकाले प्रदुषण काम गर्ने काम व्यक्तिबाटै सुरु गर्नुपर्ने उनको भनाइ छ । निकुञ्जका पूर्वी सेक्टर प्रमुख प्रकाश उप्रेतीले नेचर गाइडहरुले वातावरण दिवसको अवसर पारेर गरेको कार्यक्रमले संरक्षणमा निकुञ्जलाई थप उत्साहित बनाएको बताए ।

नारायणी र राप्ती नदीमा प्रदुषण बढ्दै जादा घडियाल सहित पानीमा आश्रित जीवजन्तुहरु मासिने क्रम सुरु भएको भन्दै निकुञ्ज र वन्यजन्तुको अस्थित्व रक्षाका लागि दुई नदीको संरक्षणमा जुट्नु पर्ने बताए । कार्यक्रममा नेचरगाइडहरुले कोरोना महामारीको समयमा पनि गैंडा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै निकुञ्जलाई धन्यवाद दिएका छन् । यसैबीच दिवसकै अवसरमा सौराहा लेडी जेसिज र सौराहा जेसिजले बाघमारा मध्यवर्ती सामुदायिक वन परिसरमा बृक्षारोपण गरेका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया