श्रमजीवि पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे सर्वेक्षण गर्दै प्रेस चौतारी

अन‌ि यो पनि

चितवन २२ जेठ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहत वितरण गर्ने र पत्रकारको वर्तमान अवस्थाबारे सर्वेक्षण गर्ने भएको छ। संगठनले विभिन्न समिति गठन गरी राहत वितरण तथा सर्वेक्षण गर्न लागेको हो।

पत्रकार तिलकराम रिमालको संयोजकत्वमा मनोज घिमिरे, गोविन्द घिमिरे, मुकुन्द भुसाल, विकास पौडेल र रविना पौडेलसहित ७ सदस्यीय समिती गठन गरेर काम गर्न लागेको प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार समितिले कोरोना कारण समस्यामा परेका जिल्लाका क्रियाशील पत्रकारहरूको अवस्थाको पहिचान र मूल्याङ्न गरी संगठनकातर्फबाट राहात उपलब्ध गराउने छ।

वर्तमान समयमा चितवनका पत्रकारहरूको अवस्था, उनीहरूको भोगाइ तथा अवस्थाका विषयमा सर्वेक्षण गर्न शालिग्राम नेपालको नेतृत्वमा प्रतिमा सिलवाल, सन्तकुमार चौधरी, मधुसूदन दवाडी, सचिन भट्टराई र आनन्द पोखरेल सदस्य रहने गरी ६ सदस्यीय समिति गठन गरिएको आचार्यले बताए।

कोरोनाले जिल्लाका पत्रकारहरूलाई पारेको प्रभावका बारेमा गरिने सर्वेक्षणले पत्रकार सम्वद्ध निकायलाई नीति निर्माण र खास समस्याको ध्यानाकर्षण गराउन सहज हुने संगठनले विश्वास लिएको छ। नेपाल पत्रकार महासंघमा आवद्ध भएका र नभएका पत्रकार तर क्रियाशील सबै पत्रकारहरूलाई सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिन पनि अपिल गरेको छ।

यस्तै चितवनका सञ्चारमाध्यममा कोरानाले पारेको प्रभावबारेमा सर्वेक्षण गर्न रामकान्त पौडेलको संयोजकत्वमा कोमलचन्द्र भगत, शान्ता अधिकारी, लक्ष्मण गौतम, दीपेन्द्र अधिकारी, अमित काफ्ले र सञ्जय चौधरीसहितको ७ सदस्यीय समिति गठन गरेको छ। समितिले जिल्लाका पत्रपत्रिका, एफएम, टेलिभिजन तथा अनलाइनहरूको अवस्थाबारे सर्वेक्षण गर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...