चितवनमा शनिबार एकै दिन ७८१ जना संक्रमणमुक्त

अन‌ि यो पनि

चितवन २२ जेठ । चितवनमा शनिबार ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार शनिबार ६३ जना नयाँ संक्रमित थपिँदा ७८१ जना संक्रमणमुक्त भएका हुन्। यो संगै चितवनमा १४ हजार २८५ जना कोरोना संक्रमित हुँदा ११ हजार ३६९ जना संक्रमणमुक्त भएका छन्। ७८१ जना संक्रमणमुक्त भएपछि चितवनमा अब दुई हजार ७०० जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

उपचाररत सक्रिय संक्रमितमध्ये दुई हजार ५२९ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् भने २६ जना स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रहरुमा उपचाररत छन्। बाँकी १४५ जना भने जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

शनिबार चितवनमा एक जनाको मात्रै कोरोना संक्रमणका कारण मृत्यु भएको छ। केही दिनयता नयाँ संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि कम हुँदै गएको उनले बताइन्। हालसम्म चितवन जिल्लामा २२६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया