चितवनका अस्पतालबाट ३८ जना संक्रमणमुक्त

अन‌ि यो पनि

चितवन २२ जेठ । चितवनका अस्पतालमा उपचाररत ३८ जना कोरोना संक्रमित घर फर्किएका छन्। शनिबारसम्मको पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा भरतपुर अस्पतालबाट १४, चितवन मेडिकल कलेजबाट ११, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट चार/चार जना संक्रमणमुक्त भएका हुन्। यस्तै भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाले तयार पारेको आइसोलेसन केन्द्रबाट पनि क्रमश: तीन र दुई जना घर फर्किएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

सात जनाको मृत्यु

चितवनका अस्पतालबाट शनिबार सात जनाले ज्यान गुमाएका छन्।  भरतपुर अस्पतालमा तीन जना, कलेज अफ मेडिकल साइन्सेसमा दुई जना र चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

अस्पतालमा ३२३ जनाको उपचार

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित चितवनका अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा ३२३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये भेन्टिलेटरमा ३७ जना, आइसियूमा १५३ जना, एचडियूमा ३५ जना र जनरल वार्डमा १३५ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

तथ्यांक स्रोत : स्वास्थ्य कार्यालय चितवन

No photo description available.

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया