पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित थपिए, एकको मृत्यु

अन‌ि यो पनि

चितवन २२ जेठ । चितवन जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ४६ जना, माडी नगरपालिकामा ९ जना, राप्ती नगरपालिकामा तीन जना, खैरहनी नगरपालिकामा दुई जना र अन्य सबै स्थानीय तहमा एक/एक जना संक्रमित देखिएका हुन्।

शनिबार देखिएका ६३ जनासँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या भने १४ हजार २८५ पुगेकाे छ। तीमध्ये दुई हजार ७०० जना सक्रिय संक्रमितको विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। सक्रिय संक्रमितमध्येमा पनि १४५ जना अस्पतालको आइसोलेसनमा छन्। २६ जना स्थानीय तहले स्थापना गरेको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी दुई हजार ५२९ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

शनिबार एक जनाको मृत्यु भएपछि चितवन जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने २२६ पुगेकाे छ। कुल संक्रमितमध्ये ११ हजार ३६९ जना भने संक्रमणमुक्त भइसकेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...