घरघरमा एआरभी औषधि

अन‌ि यो पनि

चितवन, २२ जेठ । कोभिडको उच्च जोखिममा रहेका एचआइभी पोजेटिभहरुलाई घरघरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन नेपाल क्षेत्रीय कार्यालय भरतपुरले एआरभी औषधि नियमित सेवन गर्ने बिरामीका लागि घरघर औषधि पु¥याउँदै आएको हो ।

यस कार्यालयमा नियमित औषधि सेवन गर्ने एक हजार छ जना रहेका छन् । जसमध्ये ४५ जना बालबालिका रहेका छन् । औषधि सेवन गर्दै आएकामध्ये ३० प्रतिशतले अस्पतालमा नै आएर औषधि लैजाने गरेका छन् भने बाँकी ७० प्रतिशतलाई घरमानै पु¥याउने व्यवस्था गरिएको कार्यालयका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले भरतपुर महानगरपालिका र आसपासका पालिकाहरुबाट अस्पतालमा औषधि लिन आउने गरेको भए पनि टाढा टाढा कार्यालयलेनै पु¥याउँदै आएको छ ।

यसका लागि सहभागी, चितवन सक्रिय महिला प्रतिष्ठान र लुम्विनी प्लस नामक संस्थाले सहयोग गरेका छन् । कार्यालयका तर्फबाट कर्मचारी धिरण अधिकारीले औषधि पु¥याउँदै आउका छन् । यस कार्यालयले चितवन, मकवानपुर, वर्दघाट–सुस्ता पूर्व नवलपरासी, वर्दघाट –सुस्ता पश्चिम नवलपरासी, गोरखा, लम्जुङ्, तनहुँ र धादिङ्का सङ्क्रमितहरुलाई घरमा नै औषधि पु¥याउने गरेको छ ।

उनले भने “निषेधाज्ञा सुरु भएदेखि अहिलेसम्म ३ सय ९० जनालाई घरमानै औषधि पु¥याएका छौँ ।” नजिकका भए एक महिनाको लागि र टाढाका भए दुई महिनाको लागि औषधि पु¥याइदै आइएको उनले जानकारी दिए । औषधि वितरणका लागि भरतपुर अस्पतालले सहजीकरण गरेको औषधि पु¥याउँदै आएका अधिकारी बताउँछन् । उनले भने “एचआइभी एड्स सङ्क्रमितहरुलाई घरमा औषधि पु¥याउनका लागि भरतपुर अस्पतालको ठूलो सहयोग रहेको छ ।” परिचय पत्र निर्माणदेखि स्थानीय प्रशासनसँग समन्वय गर्ने काम अस्पतालले गरिदिएको उनले बताए ।

कोरोना कहरका कारण अस्पतालमा आएर औषधि लिन नसक्ने एचआईभि सङ्क्रमितहरु घरमानै औषधि पाउँदा लाभान्वित भएका छन् । फाउण्डेसनमा दर्ता भएका १ हजार ५ सय ८५ जना सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये कतिपयले अन्य केन्द्रबाट औषधि लिदै आएका छन् । रासस

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया