विश्वास (कविता)

अन‌ि यो पनि

–महेश न्यौपाने

तिमी निस्वार्थी, सहयोगी र असल छौ
तिमीमा अहं र व्यक्तिवादी सोच छैन
तिम्रो योगदान राष्ट्र
र राष्ट्रियताका लागि छ
आजसम्म गरेका अधिकांश कार्यहरुले
विश्वास आर्जन गरेका छौ
तर,
ती तिम्रा अघिपछि गर्नेहरुलाई
कसरी विश्वास गर्ने ?
तिनीहरुलाई कसरी सच्याउने
किनकि,
उनीहरुको जन्म नै विकृति, विसङ्गति
लोभ र स्वार्थबाट भएको
मलाईमात्रै होइन
सबैसबैलाई जगजाहेर छ,
अनि
तिनीहरुलाई अघिपछि लिएर हिँड्ने तिमी
कसरी बदनाम छैनौ भन्न सकिन्छ र ?

हे मित्र !
सङ्गतले धेरै कुरा बिग्रन्छ भन्छन्
तर, मलाई आजसम्म विश्वास छ
तिमी खराब छैनौ
तर,
तिमीलाई खराब प्रमाणित गर्न
तिम्रा वैरीहरु हात धोएर लागेका छन्
औँला भाँच्दै हरेक मानिसलाई
भ्रमका पुलिन्दा छर्दै
फकाउन लागिपरेका छन्,
तर मलाई विश्वास छ
तिमीले मजस्ता
मानिसलाई गलत बनाउने छैनौ
किनकि,
आजसम्मको मेरो आस्थाको धरोहर
केवल तिमीमात्र हौ,
त्यसैले
दुनियाँले जे भने भनोस्
तिमीलाई संसारको
जुनसुकै कसौटीमा लगेर
परीक्षण गरे गरोस्
तिमीले मलाई गलत बनाउने छैनौ,
किनकि
तिमीमा गलत क्रियाकलाप सरेको छैन
कतै मेरो आस्थाको धरोहर
ती कुलङ्घारहरुको सङ्गतले
देशीविदेशीहरुको बसउठले
मेरो आस्थाको मन्दिर भताभुङ्ग हुनेछैन
मेरो आस्थाको डिल भत्कने छैन
पक्कै मेरो विश्वासमा बज्रपात पर्ने छैन,
किनकि
तिमीमात्रै मेरो
आशा, भरोसा
र मेरो विश्वास हौ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया