मुसा (कविता)

अन‌ि यो पनि

–राधादेवी कँडेल

मेरो यो घरमा सबैतिर सफा देखेर हो या किन
बाजा रातभरि बजाई रहँदै बस्छौ मुसाले किन
ढाँडैमात्र जताततै छ घरमा गन्धा छ चारैतिर
आयौ यै घरमा मुसाहरु कुनै जाऊ न अर्को घर
।।१।।
सुत्तैनौ दिनरात आज घरमा दौडी रहन्छौ किन
भाग्छौ फुत्त बिडालको ढलीमली देखे मुसा हो किन
चीँचीँचीँ किन गर्दछौ चुरिफुरी देखिन्छ राति किन
देखिन्नौ दिनमा हजार थरीका हे वज्रदन्ती किन
।।२।।
काला श्वेत र रक्त छौ कहीँ कतै खैरा र धुस्रा तिमी
काट्छौ काट्न सकिन्छ जे जति सबै आहार खोजी तिमी
तिम्रा निम्ति बनेन कानुन यहाँ बन्दैन न्यायालय
हुन् तिम्रा धनवालका गरिबका आवास वासालय
।।३।।
नेता हौ जनता भनूँ म कसरी मैले सबै जान्दिनँ
गर्छौ खल्बल रातमा दिनभरि लुक्छौ दुलामा किन
तिम्रो बास न आस गाँस कपडा बाजा बजाईकन
जोगीझैँ किन हिँड्दछौ घरघरै हौ सर्वहारा भन
।।४।।
तिम्रो राज्य कता गयो नजरले हेर्दैन कैल्यै पनि
पार्टीले पनि दिन्न खै टिकट नै लड्छौ स्वतन्त्रै बनी
आफ्नै राज्य स्वतन्त्र दर्शन सधैँ बोकेर चल्ने तिमी
सक्तैनन् रखवार गर्न सजिलै सिद्धान्तवादी पनि
।।५।।
तिम्रो खल्बलले सबै महलले आतङ्ककारी भनी
थापी एम्बुस मार्गमा महलमा राख्छन् बिराला पनि
लिन्छन् प्राण कुबुद्धिका जनहरु पोलेर खान्छन् पनि
के गर्छौ भन आखु हे महल यी बस्छन् विपक्षी बनी
।।६।।
तिम्रो मृत्यु हुँदा कुनै मनुजले श्रद्धाञ्जलि वेदना
दिन्नन् खै अतिसार हो कि घरकै मान्छे नबोल्ने किन
कल्ले जन्म दियो ललाट बीचमा छैटौँ पुगेका दिन
के लेख्यो कुन दैवले दिनदिनै यो हाल तिम्रो किन ?
।।७।।
देखेको सब जे थियो भनिदिएँ लाटा मुसा हो सुन
मेरो यो घर गोठमा बस तिमी मैले भने मार्दिनँ
बस्थ्यौ भूत अभूतमा पनि बसे खेल्दै रमाईकन
आउन्नन् परदेशका अब यहाँ सम्झेर हामीकन
।।८।।
हाल्दैनौँ बुझ ओखती जतिसुकै नाचे रमाए पनि
टाङ्दैनौँ अब एम्बुसादि घरमा खाइसके तापनि
खाऊ ढुक्क निवास हो बस सबै मेरो पुरानो घर
बेला भो अब ता अजान नभमा बन्दैछ मेरो घर
।।९।।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया