कामचलाउ सरकारमा तीन उपप्रधानमन्त्रीसहित १७ मन्त्रीको शपथ, १३ जनाको बिदाइ

अन‌ि यो पनि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह सरकारमा सामेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्का मन्त्रीहरूले शुक्रबारै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ खुवाएकी हुन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ जना राज्यमन्त्री छन् । जसपाको ठाकुर समूह वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सामेल भएको हो ।

पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह, सञ्चार, पर्यटन, उद्योग वाणिज्य, कृषि, र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएका छन् भने उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेललाई निरन्तरता दिइएको छ ।

यस्तै, राजेन्द्र महतोलाई उपप्रधान तथा सहरी विकास मन्त्रालय, रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रालय, लीलानाथ श्रेष्ठलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

यसैगरी, ऊर्जा मन्त्रीमा शरतसिंह भण्डारी, खानेपानी तथा सरसफाइ मन्त्रीमा अनिल झा, श्रम तथा रोजगार मन्त्रीमा विमल श्रीवास्तव, वन तथा वातावरण मन्त्रीमा उमाशंकर अरगरिया, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्रीमा एकवाल मियाँ, ऊर्जा राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीमा रेणुका गुरूङलाई शपथ गराइएको छ ।

यसैबीच, मन्त्रिपरिषद्बाट एमालेका महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बिदाइ गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरूङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बिदाइ भएका छन् ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो मन्त्रीबाट बिदा भएका छन् ।

यसैगरी, स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकलाई पनि कामचलाउ सरकारले बिदाइ गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनमा मंगलबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा मंगलबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार ६३ जना संक्रमणमुक्त भएका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया