क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध

अन‌ि यो पनि

भरतपुर । वर्तमान कामचलाउ सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा अध्यादेशमार्फत जारी गरेको बजेट वक्तव्यमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी सो अस्पताललाई समेत अध्ययन संस्थान मातहत सञ्चालन गर्ने योजनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो अस्पतालको स्तर वृद्धि सेवा क्षेत्र विस्तार ऐनले निर्देशित गरेबमोजिम अन्य शाखा अस्पतालसमेत स्थापना गरी सञ्चालन गरी सेवा भरपर्दो र विश्वसनीय बनाउनु सरकारको दायित्व रहेकोमा विपी क्यान्सर अस्पतालको भूमिकालाई प्रभाव पार्ने गरी सरकारले गर्न लागेको गतिविधिप्रति कांग्रेस भरतपुर–४ का सभापति रेशमलाल कँडेल, कांग्रेस भरतपुर–५ का सभापति विष्णुप्रसाद धिताल, कांग्रेस भरतपुर–७ का सभापति काशिराम अधिकारी, सचिव विकास पौडेल र कांग्रेस भरतपुर–१० का सभापति ध्रुव सुवेदीले विज्ञप्तिमार्फत गम्भीर असहमति प्रकट गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्धानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको अथक प्रयास र चीन सरकारको सहयोगमा जननेता विपी कोइरालाको चिरपर्यन्त स्मृति कायम राख्न क्यान्सर रोगसम्बन्धी उच्चस्तरीय अध्ययन, अनुसन्धानका साथै क्यान्सरबाट ग्रसित व्यक्तिको रोगको निदान र उपचारका लागि स्थापित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल दक्षिण एसियामै उत्कृष्ट अस्पतालका रुपमा रहिआएको छ । त्यसैले एउटा स्वायत्त निकायलाई विभिन्न बहानामा अर्काृे निकायको अधिनस्त राख्न खोज्नु प्रचलित ऐनका समेत विपरीत हुने भएकाले सो अस्पताललाई यथास्थितिमै राखेर समग्र विकास र विस्तारको लागि पहल गर्न हार्दिक अपिल गर्दछौँ ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...