गैह्र स्काउटको तदर्थ समितिलाई वैधानिकता नदिन ध्यानाकर्षण

अन‌ि यो पनि

रत्ननगर । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले मनोमानी ढंगबाट राजनीतिक आडमा अवैधानिक तवरले तदर्थ समिति चयन गरेको भन्दै रत्ननगर नगरभित्रका स्काउटहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

रत्ननगर नगरभित्रका स्काउटरहरुले नगरभित्र सक्रिय तालिम प्राप्त स्काउटहरुलाई पूरै बेवास्ता गर्दै राष्ट्रिय प्रधान कार्यालयले गैह्र स्काउटको टिमलाई संयोजकको नेतृत्वमा विधानविपरीत कथित तदर्थ समिति बनाएको स्काउटर पुष्प श्रेष्ठले जानकारी दिए ।

नेपाल स्काउटका वरिष्ठ पदमा आसीन पदाधिकारीहरु राजनीतिक पहुँच र प्रभावका आधारमा स्काउटको मर्मविपरीत गलत सोच र विचारले हुने गैरराजनीतिक स्काउटिङ स्काउट संरचनालाई पूर्णरुपले ध्वस्त बनाउने हुँदा स्थानीय तहको अधिकार प्रयोग गरी समिति गठनका लागि माग गरिएको छ ।

शुक्रबार रत्ननगर नगरका स्काउट आयुक्त बैकुण्ठ मरहठ्ठाको नेतृत्वमा गएको स्काउट टोलीले सो गलत गतिविधिको जानकारी गराउँदै विधिविपरीत स्थानीयको अधिकारमाथि केन्द्रीय हस्तक्षेप मान्य नहुने भन्दै नगर प्रमुख नारायण वनलाई ध्यानाकर्षण पत्रसमेत हस्तान्तरण गरेको छ ।

सत्तापक्षीय राजनीतिको आडमा स्काउटको मर्मविपरीत गलत सोच र विचारले हुने यस्ता गैह्र स्काउटिङ गतिविधिले स्काउट संरचनालाई पूर्णरुपमा ध्वस्त बनाउने हुँदा यस्ता दुराशयपूर्ण सोचले लाद्न खोजिएको निर्णय मान्न स्थानीय स्काउटरहरु बाध्य नहुने उनले बताए ।

कोरोना कहरका बीचमै भौतिकरुपमा रत्ननगर नगरपालिका प्रमुख नारायण वन, रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्मा पौडेल, रत्ननगर–१० का वडाध्यक्ष केशव आचार्यको उपस्थितिमा स्काउटर देवेन्द्र न्यौपानेले सम्पूर्ण सृजित परिस्थितिको जानकारी गराउँदै ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए ।

नगर प्रमुख वनले स्थानीय सरकारको विधिभन्दा बाहिर गएर गठित स्थानीय समितिको निर्णय नगरपालिकालाई मान्य नहुने भन्दै आवश्यक छलफल गरी सहमति र सहकार्यबाट नगरको विकासमा टेवा पुग्ने उद्देश्यअनुरुप निर्णय लिइने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...