चितवनका अस्पतालमा ३४८ संक्रमित उपचारत, नौ जनाको मृत्यु

अन‌ि यो पनि

 

भरतपुर, २१ जेठ । चितवनका विभिन्न अस्पतालहरुमा शुक्रबार ३४८ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १२१, चितवन मेडिकल कलेजमा १०६, पुरानो मेडिकल कलेजमा ३१, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २६ जना र अन्य साना अस्पतालमा २६ जना छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरी नौ जना संक्रमितको मृत्यु भएको छ । जसमा चितवनका संक्रमित एक जना छन् । मृत्यु हुने नौ जनाहरुमा चितवनका एक सहित पर्सा, सर्लाही, कपिलवस्तु, गोर्खा, मकवानपुर, लमजुङ, रुपन्देही र नवलपुरका एक/एक रहेका छन्।
उपचाररत ३४८ जनामध्ये भेन्टिलेटरमा ३८ जना, आइसियूमा १५६ जना, एचडियूमा ३७ जना र जनरल वेडमा १५५ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया