थांक्रे गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

अन‌ि यो पनि

धादिङ, २१ जेठ । चन्द्रज्योती एकीकृत ग्रामीण बिकास समाज (सिर्डस) धादिङले धादिङको थांक्रे गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलव्ध गराएको छ ।

विश्वव्यापी फैलिएको कोभिड १९ को संक्रमण रोकथाम, विरामीको परीक्षण र उपचारमा सहयोग पु¥याउन युनाइटेड मिसन टु नेपालसँगको साझेदारीमा संस्थाले थांक्रे गाउँपालिकालाई ८ लाख ८५ हजार बराबरको स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको हो ।

शुक्रवार एक कार्यक्रमका बीच दिईएको सामग्रीहरुमा सर्जिकल बेड १८ वटा, पिपि सेट २२ वटा, अक्सिमिटर ४० सेट, थर्ममिटर ४० वठटा, सिटामोल, म्याट्रोन, भिटामिन , जिवनजल, वाटर डिस्पेन्सर १२ वटा, सर्जिकल मास्क दुई हजार थान, केएन मास्क १५० थान, सेनिटाइजर २० लिटर, ३३ ह्यान्ड टावल लगायत रहेको सिर्डस धादिङले जनाएको छ ।

थांक्रेका प्रत्यक वडामा रहेका आधारभूत स्थास्थ्य चौकी तथा आइसोलेसन सेन्टरलाई कम्तिमा एक एक वटा समेत हुनेगरी १८ वटा सर्जिकल बेडका साथे अन्य स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको सिर्डस धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताए ।

विपदको बेला संस्थाको कार्यक्षेत्र रहेको थाक्रे गाउँपालिकालाई एकद्धार प्रणालीबाट कोरोना नियन्त्रण गर्न सहयोग गर्ने योजना बमोजिम सामाग्री हस्तान्तरण गरिएको रुपाखेतीले जानकारी दिए ।

थाक्रेगाउँपालिका अध्यक्ष रामकुमार आचार्यले सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसके कोरोनालाई सजिलै जित्न सकिने बताउँदै यो महामारीसँग सजग रहन र नियन्त्रणलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया