ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मोदीको नेपाल भ्रमण

by चितवन पोष्ट
२०७१ श्रावण १८, आईतवार ०२:०८ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज आइतबारदेखि हुने नेपाल भ्रमणलाई विशेष चासो र एउटा उत्सवकै रुपमा लिइएको छ । नेपाल–भारत द्विपक्षीय वार्तामा ऊर्जा व्यापार सम्झौता
(पीटिए) र आयोजना विकास सम्झौता (पीडिए) मा हस्ताक्षर हुने भएको छ । नेपालले तेस्रो देशसँग पनि विद्युत् व्यापार गर्न पाउने गरी भारतसमक्ष सम्झौताको मस्यौदा पेस गरेको छ । उक्त प्रस्तावमाथि पनि द्विपक्षीय हस्ताक्षर हुने अपेक्षा सरकारले राखेको छ । यसअघि भारतीय कम्पनीले मात्र ऊर्जा उत्पादन तथा लगानी गर्न पाउने विषयमा भारतले पेस गरेको प्रस्तावका विषयमा चर्को असन्तुष्टि बढेको थियो । २३ वर्षपछि नेपाल–भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहमति भएका विषयहरु मोदी भ्रमणका बेला अनुमोदन गर्ने तयारी छ । नेपालमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिदेखि कालापानी र सुस्ताको सीमा विवाद, नदी डुबान, बाँध, सीमा व्यापार, लगानीलगायतका समस्या ज्यूँका त्यूँ छन् । यस्ता विविध समस्या समाधानमा कूटनीतिक पहलका लागि मोदीको भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।
नेपाल–भारतबीच दशकौँदेखि धार्मिक, सांस्कृतिक, राजनीतिकलगायत बहुआयामिक सम्बन्ध कायम रहँदै आएको छ । नेपालमा भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि औपचारिक भ्रमण भएकाले पनि मोदीको आगमनलाई विशेष उत्सवका रुपमा लिइएको हो । मोदीसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार, सचिव, उपसचिवहरु र विदेशमन्त्रीको समेत सहभागिताले नेपालको थाती रहेका दर्जनौँ मुद्दा सम्बोधन हुने सम्भावना देखिएको हो । मोदी भ्रमणका क्रममा नक्कली भारतीय रूपैयाँको कारोबार, सीमा सुरक्षा, सिमानामा हुने धार्मिक अतिवादी समूहको गतिविधि, सीमा सुरक्षा संयन्त्र, मानव तस्करी, लागूपदार्थ कारोबारलगायतका मुद्दा पनि प्रमुखताका साथ उठ्ने छ । नेपालका एजेन्डामध्ये ऊर्जा र जलस्रोत नै प्रमुख विषय हुन् । भारतीय पक्षका कारण यसअघिको विद्युत् व्यापार सम्झौता (पीटिए) अन्तर्गत ६ हजार ४ सय मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना विवादित बनिरहेको छ । यस आयोजना कार्यान्वयनमा आए त्यसबाट उत्पादित विद्युत् आधा–आधा बाँड्ने सहमति भइसकेको छ । यो विवाद सुल्झिए नेपाल लोडसेडिङको मारबाट मुक्त हुनेछ ।
यस्तै, ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजना विकास सम्झौता (पीडिए)मा हस्ताक्षर गर्ने सहमति भइसकेको छ । सो जलविद्युत् परियोजनाका लागि भारतीय कम्पनीले एक वर्षअघि नै लाइसेन्स पाइसकेको छ । एक खर्ब ४० अर्ब रूपैयाँको लागतमा निर्माण हुने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको २७ प्रतिशत शेयर र उत्पादित विद्युत्मध्ये कुल १२ प्रतिशत निःशुल्क प्राप्त हुने छ । निर्माणको २५ वर्षपछि नेपाललाई आयोजना हस्तान्तरण गर्नुपर्ने पीडिएमा उल्लेख गरिएको छ । नेपालको हुलाकी राजमार्ग र फास्ट ट्रयाक योजना, व्यापार तथा पारवहन, पेट्रोलियम पदार्थ सहजतालगायतमा मोदीको भ्रमणले विशेष मह¤व राख्ने देखिएको छ । ऊर्जा व्यापारलगायतका विषयमा दलहरुको सहमतिका आधारमा द्विपक्षीय सन्धि–सम्झौता हुनुपर्छ । अहिले झिनामसिना मुद्दाभन्दा पनि विद्युत् उत्पादन र सीमा क्षेत्रका समस्यालगायतका प्रमुख एजेन्डा सम्बोधन हुनु अपरिहार्य छ । मोदीको भ्रमण ‘हात्ती आयो हात्ती आयो, फुस्सा’ जस्तोचाहिँ नहोस् ।

Related Posts

Chitwan Post

कोरोना महामारीको एक वर्ष

Chitwan Post

शहीद सप्ताहको सन्दर्भ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In