हात्तीहरुलाई खाद्यान्न सहयोग वितरण

अन‌ि यो पनि

सौराहा, २१ जेठ। कोरोना महामारीको कारण पर्यटन ठप्प हुँदा अफ्ठ्यारो अवस्थामा रहेका हात्तीहरुलाई खाद्यान्न सहयोग वितरण गरिएको छ। नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम संयुक्त प्रयासमा शुक्रवार सौराहाका ४१ निजी हात्तीहरुलाई १०२५ केजी चना र ८२० केजी सख्खर युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रममा  बितरण गरिएको छ।

सहयोगी संस्था नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष सुधा ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई खाद्यान्न सहयोग वितरण गरिने बताइन्। एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन्। खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका थिए।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया