कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट

अन‌ि यो पनि

धादिङ, २१ जेठ । अक्सिजनको अभावले बिरामीको उपचार प्रभावित हुन नदिन धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनि अक्सिजन प्लान्ट जडान गरिएको छ ।

नीलकण्ठ नगरपालिकाको ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको हो । यो अक्सिजन प्लान्ट जिल्लाकै पहिलो भएको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पताल धादिङले डिभिजन वन कार्यालयको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

बिहिबारबाट औपचारिक रुपमा प्लान्ट सञ्चालनमा आएको हो । प्लान्टको सुरुवात गर्नु अघि नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना, उप प्रमुख मनराज भण्डारी र प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भुवन पौडेलले अक्सिजन प्लान्टको स्थलगत अवलोकन गरी परीक्षण गरेका थिए ।

नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाका अनुसार प्लान्टबाट प्रतिमिनेट २०÷२० लिटरका दरले अक्सिजन उत्पादन हुने छ । उत्पादित अक्सिजन सिधै बिरामीलाई प्रयोग हुने हुँदा अक्सिजन सिलिन्डरमा भरेर संचित गर्न भने नमिल्ने प्राबिधिकहरुले बताएका छन् ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया