चेपाङ छात्रावास बनाउँदै कालिका नगरपालिका

अन‌ि यो पनि

चितवन, २१ जेठ । चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम ल्याएको छ । नगरपालिकाले आवासीय रुपमा अध्ययन सुविधा दिन थप दुई स्थानमा छात्रावास निर्माण गरिरहेको हो ।

नगरपालिकाले पहाडी क्षेत्रमा पर्ने वडा नं १० को मझवाङ मावि र वडा नं ९ को चतुर्मुखी माविमा प्रजा (चेपाङ) छात्रावास निर्माण गरिरहेको छ । नगरपालिकाका इन्जिनीयर राजेश कोइरालाका अनुसार मझवाङ माविमा ५० जनासम्म विद्यार्थी बस्न सक्ने गरी छात्रावास निर्माण थालिएको हो । हरेक तलामा तीनवटा शौचालय र स्नान कक्ष रहने छन् । खाना पकाउने, खाने, अध्ययन गर्ने कोठाहरु समेत छुट्टाछुट्टै हुने उनले जानकारी दिए ।

पहिलो चरणमा एकतले उक्त छात्रावास निर्माण सम्पन्न भएपछि १६ जना विद्यार्थीले आवासीय सुविधा पाउने छन् । तीन तला निर्माण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । उनले भने “तीन तला निर्माण सम्पन्न भएपछि ५० जना विद्यार्थीले सुविधा पाउँछन् ।” पहिलो तलाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पहिलो तलाका लागि रु।८३ लाख १० हजार ८४१ मा ठेक्का दिइएको हो । असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

त्यस्तै चतुर्मुखी माविमा छात्राहरुका लागि मात्रै छात्रावास बन्दैछ । कोइरालाका अनुसार तीनतले सो भवनको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भवन सम्पन्न भएपछि १८ जना चेपाङ छात्राले सुविधा पाउनेछन् । सो भवनको हरेक तलामा शौचालय र स्नानकक्ष रहेको छ । रु ४४ लाख २१ हजार ८२० मा भवन ठेक्का दिइएको हो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार चतुर्मुखी माविमा यसअघि नै प्रजा छात्रावास रहेको छ । विसं २०५८ मा उक्त छात्रावास बनेको थियो । नयाँ भवन बनेसँगै छात्राहरु त्यसमा बस्नेछन् भने पुरानोमा छात्रहरु बस्नेछन् । पुरानोमा ४० जना अट्ने क्षमता रहेको छ । त्यस भवनको माथि ट्रष्ट लगाएर थप व्यवस्थित गरिंदै छ ।

मजबाङ मावि सिद्धीमा पनि २० जना क्षमताको छात्रावास सञ्चालनमा छ । यहाँ सीमान्तकृत चेपाङ समुदायका बालबालिका बस्ने गर्दछन् । सिद्धीको छात्रावास धेरै पहिलेदेखि सञ्चालनमा छ । सो विद्यालयमा नयाँ भवन बनेसँगै छात्रावास सहज रुपमा सञ्चालन हुनेछ । श्रेष्ठले भने, “चतुर्मुखीको छात्रावासबाट अध्ययन गरेर ४०० भन्दा बढीले प्रवेशिका उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।” नगरपालिकामा त्यही अध्ययन गरेका पाँच जनाले रोजगारी पाएको उनले जानकारी दिए ।

नयाँ भवनहरु बनेसँगै थप विद्यार्थीलाई राखेर अध्ययन गराउने उनको भनाइ छ । आउँदो दशैंसम्ममा नयाँ भवनहरुमा विद्यार्थी राख्ने योजना नगरपालिकाको छ । यही असारसम्म भवन निर्माण सम्पन्न लक्ष्य लिइएको भए पनि कोभिडका कारण तत्काल विद्यार्थी राख्ने अवस्था छैन । चेपाङ पछाडि परेको समुदाय हो । पहाडी भूभागमा वसोवास गर्ने चेपाङहरुको बाह्रै महिना खाना पुग्ने उब्जनी हुँदैन । कतिपय समयमा गिठाभ्याकुर खाएर जीविकोपार्जन गर्ने गर्दछन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया