अति विपन्नलाई खाद्यान्न र आर्थिक सहयोग

अन‌ि यो पनि

रत्ननगर, २१ जेठ । निषेधाज्ञाका कारण समस्यामा परेका सौराहा र यस आसपासका असहाय, अपांग र अति विपन्न परिवारलाई खाद्यान्न तथा औषधि खरिदको लागि आर्थिक सहयोग गरिएको छ ।

इन्स्पायर नेपालको सहजीकरणमा १५ परिवारलाई खाद्यान्न तथा सिवाज हिप्पी कोलनीले औषधि खरिदको लागि आर्थिक सहयोग गरेको हो ।

प्रतिपरिवार ३० किलो चामल, २ किलो आँटा, दाल, नुन, चिनी, चियापत्ती, सोयाविन, प्याज, साबुन र १२ परिवारलाई औषधि खरिदका लागि ५०० का दरले र ३ परिवारलाई हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको इन्स्पायर नेपालका प्रतिनिधि उदित अर्यालले जानकारी दिए ।

विदेशमा रहेका युवाहरुले गरेको आर्थिक सहयोगबाट खाद्यान्न खरिद गरी असहाय, अपांग र अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको उनले जानकारी दिए । सिवाज हिप्पी कोलनीका सञ्चालक तथा युवा पर्यटन व्यवसायी कमल सापकोटा, युवा समाजसेवीहरु राजेन्द्र धामी, प्रदिप श्रेष्ठ, माइला घले, चिङ्की प्रिन्स लामाले घरघरमै पुगेर खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

कोलनीका सञ्चालक सापकोटाले महामारीको समयमा सिटामोल समेत किनेर खान नसक्ने आर्थिक हैसियत भएकाहरुको पहिचान गरी औषधि खरिदका लागि आर्थिक सहयोग गरिएको बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया