विपन्न परिवारलाई कांग्रेसको स्वास्थ्य सामग्री वितरण

अन‌ि यो पनि

भरतपुर, २१ जेठ । नेपाली कांग्रेस भरतपुर–५ ले वडाभित्र रहेका अतिविपन्न तथा सुकुमबासीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारी समुदायस्तरमा फैलिसकेको अवस्थामा सुरक्षित बनाउन आफ्नो वडाभित्र रहेका विपन्न परिवार तथा सुकुमबासीहरूलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

‘अतिविपन्न तथा सुकुमबासीहरुको घरमा कोरोना महामारीको समयमा खान/लगाउनसमेत समस्या भइरहेको छ’, कांग्रेसका वडा सभापति विष्णुप्रसाद धितालले भने, ‘दैनिक काम गरेर खाने मजदुर काममा निस्कँदा स्वास्थ्य सजगता अपनाउन सकून् भनेर जनस्तरबाट रकम संकलन गरेर स्वास्थ्य सामग्री प्रदान गरेका हौँ ।’

राज्यबाट पनि बेवास्ता गरिएकोले निम्न आय हुने विपन्न अवस्थामा रहेका वडाभित्रका ३५० घरधुरीलाई कोरोना सङ्क्रमण हुन सक्ने जोखिम देखिएकोले स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य नवीनराज पौडेलले बताए ।

उनले नेपाली कांग्रेस वडा कार्य समिति भरतपुर–५ को संयोजनमा गरिएको कार्यक्रम प्रभावकारी भएको र संकटमा कांग्रेस छ है भन्ने सन्देश दिएको बताए ।

कांग्रेस भरतपुर–५ का कार्यसमिति सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखाका प्रतिनिधिलगायतका सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा रामवाग, तोरीखेत, कैलाशनगर, नारायणपुरमा अव्यवस्थितरूपमा छरिएर रहेका सुकुमबासी तथा अतिविपन्न घरपरिवारलाई सामग्री वितरण गरिएको थियो ।

कोरोना महामारी बढिरहेको अवस्थामा स्थानीय सरकार र वडाले कुनै खाले सहयोग नगरेको गुनासो अतिविपन्न तथा सुकुमबासीहरूको छ । स्वास्थ्य सामग्री पाएपछि खुसी हुँदै राजु नेपालीले भने, ‘सङ्क्रमणको जोखिम धेरै थियो, कांग्रेसले सम्झियो हामी आभारी छौँ । खान/लगाउनसमेत समस्या भएको छ । स्थानीय सरकार कता छ थाहा छैन ।’

सहयोग कार्यक्रम नेपाली कांग्रेस भरतपुर–५ का संयोजक विष्णुप्रसाद धितालको संयोजकत्वमा सम्पन्न भएको थियो भने सचिवद्वय नेत्रनारायण आचार्य र इन्द्रमणि गैरेले सहजीकरण गरेका थिए । यसअघि कांग्रेस भरतपुर–५ ले वडालाई कोरोना महामारी नियन्त्रण तथा सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेसन बनाउन आफ्नो पार्टी कार्यालय पनि निःशुल्क प्रदान गर्ने घोषणा गरिसकेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...