धादिङका जिल्ला न्यायाधीशको कोरोना सङ्क्रमणबाट निधन

अन‌ि यो पनि

धादिङ, २१ जेठ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । पौडेलको निधनको खबरले धादिङ जिल्लाको न्यायिक क्षेत्र, सरकारी निकाय, कानुन व्यवसायी तथा आमनागरिक समाज स्तब्ध भएको छ ।

५५ वर्षका पौडेलको उपचारका क्रममा शुक्रवार बिहान काठमाडौँको स्टार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पौडेल ०७६ साउनदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत थिए । कोरोना सङ्क्रमण भएपछि गएको २० दिनदेखि उनले उपचार गराइरहेका थिए ।

पौडेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया