‘हामीलाई प्यारो त्यही कुसुमखोला’

अन‌ि यो पनि

माडी । माडी नगरपालिका वडा नं–७ मा रहेको परवी खोला किनारनजिकमा केही चेपाङ घरपरिवारको अस्थायी बसोवास छ । उनीहरु केही वर्षअघिसम्म माडी–९ कै कुसुमखोलामा थिए । केही ४ वर्ष पहिले आए, केही गत वर्ष । तर, गत वर्ष परवी खोला किनारआसपास बस्नेहरु कुसुमखोलाबाट निकुञ्ज प्रशासनले हटाएकाहरु हुन् ।

निकुञ्जले आगजनी गरेर घर भत्काएको भनिएका दीपबहादुर चेपाङ फेरि पनि कुसुमखोला फर्कन चाहन्छन् । त्यो पुरानो थातथलोमात्रै थिएन, खासमा कृषि उत्पादनका हिसाबले पनि उर्वरभूमि थियो । जडीबुटी, कन्दमूल, सागसिस्नोको कुनै अभाव त्यहाँ थिएन । ‘यतिखेर मकै लगाएर बसेका हुन्थ्यौँ, यहाँ पनि मकै लगाएका छौँ तर बारी थोरै छ, खेतीबाली भनेजस्तो राम्रो छैन’, दीपबहादुरले भने ।

खेतीपातीकै लागि भने पनि कुसुमखोला फर्कने मन भएको उनी बताउँछन् । ‘त्यहाँ बसेर हामीले निकुञ्ज प्रशासनलाई अप्ठेरो हुने कुनै काम गरेका थिएनौँ’, उनले भने, किन किन हामी त्यहाँ बसेको रूचाएनन् ।’ परवी खोलामा नगरपालिकाले प्रत्येक घरलाई थोरै भए पनि जग्गा दिएर बासको व्यवस्था गरिदिएको छ ।

हाल बसोवास भएको क्षेत्रमा खेतीपाती राम्रो नहुने, खाद्य अपुग हुने, अरु काम गरेर खान सीप नभएको परवीवासी चेपाङको गुनासो छ ।
स्थानीय विष्णुबहादुर चेपाङ त्यो माटो बिर्सन नसक्ने भन्दै यहाँ हुने खेतीपाती र उब्जनीले छाक गुजार्न सहज भएको सम्झन्छन् ।

कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समितिका अध्यक्ष छवि चेपाङ आफूहरुको स्थायी बसोवासको टुङ्गो नहुँदा समस्यामा परेको बताउँछन् । स्थायी बसोवासका लागि माडी नगरपालिकाको पटकपटक ध्यानाकर्षण गराइएको उनले बताए ।

‘बस्ती सार्ने बेलामा सेवासुविधाका विषयमा धेरै नै आश्वासन पाइयो, तर अहिले हामी वरपरका पुराना बासिन्दाको हेपाइमा बस्नु परेको छ’, उनले भने । निकुञ्ज प्रशासनले लखटे पनि कसुमखोलाको बस्ती रित्तिएको छैन । काजीमान चेपाङ त्यहीँ खेती गरेर बसिरहेका छन् । गत वर्ष पनि घरवास परवी क्षेत्रमा भएको तर खेती गर्न कुसुमखोलामा जाँदा प्रशासनले ज्यादती गरेको अध्यक्ष छविले बताए ।

विसं २०५७ सालमा चितवनकै पहाडी भेगबाट बसाइँ सरेर कुसुमखोलामा चेपाङहरु बसेका थिए । हाल त्यहाँबाट निस्केर माडी नपा वडा नं–७, ८ र ९ मा छरिएर बसेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...