इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिद्वारा खाद्यान्न सहयोग

अन‌ि यो पनि

भरतपुर, २० जेठ । इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिले फिल द हङ्ग्री नेपालको सहकार्यमा रामेश्वर टोल, क्षेत्रपुरमा रहेका २५ घरपरिवारका करिब एकसय जनालाई खाद्यान्न सहयोग गरेको छ ।

उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गरिएको हो । प्रतिपरिवार सात केजी चामल, २ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र मास्क वितरण गरिएको क्लबका अध्यक्ष इन्टर्‍याक्टर अमृत ढकालले बताए ।
अध्यक्ष ढकालले कोरोनाको जोखिम अझै उच्च रहेकोले सबैलाई सुरक्षितसाथ घरमै बस्न अनुरोध गर्दै निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदुरी गरी जीविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको र छिट्टै अर्को स्थानमा १५० घरपरिवारको लागि थप खाद्यान्न सहयोग गर्ने जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया