नेसंविको युवा नेतृत्व र अपेक्षा

अन‌ि यो पनि

–डा. धनपति कोइराला

नेपाल संस्कृत विश्वविद्यालयले स्थापनाको झन्डै चार दशकपछि साँच्चै आशलाग्दा युवा नेतृत्व प्राप्त गरेको छ । उपकुलपति, शिक्षाध्यक्ष, सेवा आयोगका अध्यक्ष, पदाधिकारीका रुपमा नियुक्त व्यक्तित्वहरु संस्कृतका विद्वान् त हुनुहुन्छ नै, नेपालको राष्ट्रिय जीवनमा ख्याति कमाएका र प्राज्ञिक दृष्टिले पनि कद उचालेका हुनुहुन्छ । यसर्थ, वीरबलको अनुरोधमा जाडोयामको कठ्याङ्ग्रिँदो रातभरि सरोवरमा आधा डुबेर कतै बलिरहेको बत्ती देखेर प्राण थाम्ने बटुवामा झैँ संस्कृतलाई मुटुजत्तिकै माया गर्ने र यसको उन्नत विरासत हेर्ने मानिसहरुमा पनि थोरै प्राणसञ्चार भएको छ । उहाँहरुले कति काम गर्न सक्नुहोला त्यो भविष्य बोल्ला, तथापि निस्वार्थ र तटस्थ भावले गर्नु भएमा अवश्य संस्कृत र संस्कृतिको उन्नयन हुने निश्चित छ । यस सन्दर्भमा देखे भोगेका विषय उठाउनु सान्दर्भिक हुन सक्छ :

राजनीतीकरण

विगतमा विश्वविद्यालयको उपकुलपति कार्यालयमा तालामाथि ताला लगाउने प्रवृत्तिले विश्वविद्यालयलाई रसातलमा पु¥याएको यथार्थ घामझैँ छर्लङ्ग छ । विगतमा किनारीकरण, वञ्चितीकरण, नातावाद, स्थानीयतावाद, दलीयवाद आदि इत्यादि विकृति, विसङ्गति र ढिलासुस्तीका विरूद्धमा पनि ताला नलागेका होइनन् । त्यस्ता कतिपय आन्दोलन र तालाबन्दीहरुले संस्थाको शैक्षिक, परीक्षा प्रणाली, भौतिक तथा प्राज्ञिक दृष्टिले बलियो बनाउन तथा संस्थामा अध्ययनरत विद्यार्थी, कार्यरत प्राध्यापक कर्मचारी एवम् आमजनमानसमा संस्थाप्रति अपनत्वको भावना अभिवृद्धि गर्नमा आंशिक भूमिका खेले । तर दुर्भाग्य, झन्डै दुई दशकयता संस्थामा आ आफना कार्यकर्ता भर्ती गर्न र राजनीतिक बर्चस्व कायम गर्नका निम्ति राजनीति गर्ने प्रवृत्तिले संस्थामा पक्षाघात लागेको तथ्यलाई गम्भीररुपमा लिई नेतृत्वले तत्काल पहलकदमी लिनुपर्छ, ताकि समस्या थप जटिल नबनोस् । संस्थागत विकासका निम्ति गरिने राजनीतिलाई उदारतापूर्वक हेर्ने र व्यक्ति स्वार्थका निम्ति गरिने राजनीतिलाई कठोरतापूर्वक व्यवहार गर्नु जरूरी छ । आपूm इमानदार भएर गर्ने र अरुलाई पनि इमानदार भएर संस्था र संस्कृतको विकासमा लाग्न आह्वान गरिए निकृष्ट राजनीति किनारातिर लाग्ने र विकास एवं समृद्धि भित्रिने निश्चित छ । कतिपय सन्दर्भमा हाइप्रोफाइलका राजनीतिज्ञहरुसँग सम्बन्ध र सम्पर्क विस्तार गर्ने कार्य समझदारी विकासका निम्ति उपयोगी हुन सक्तछ ।

अनुसन्धान

वर्तमान अनुसन्धान झन् खस्कँदो छ । साधारण विषयतर्पm केही राम्रा अनुसन्धान कार्य नभएका होइनन्, तर अधिकांश अनुसन्धान कार्यहरु अत्यन्तै फितला रहेको र अनुसन्धान प्रतिवेदनसमेत खरिद गर्ने कार्य भइरहेको तथ्य बेलाबेलामा सञ्चारमाध्यममा आउने गरेका छन् । कुनैमा एमफिल गरेपछि मात्र र कुनैमा एमफिल नगरे पनि विद्यावारिधि गर्न आह्वान गर्ने कार्य शोभनीय देखिन्न । त्यसो त, विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारले समेत विश्वविद्यालयहरुका पाठ्यक्रमबीच देखिएको निकै ठूलो भिन्नताबारे अध्ययन अनुसन्धान गराई एउटै मापदण्ड बनाउनु जरूरी भइसकेको सन्दर्भ छ । नेपालभित्र विश्वविद्यालयपिच्छे विद्यावारिधिका अलग मापदण्ड हुनु अब हुँदैन । यसले संस्थाले प्रदान गर्ने प्रमाणपत्रको ओज र गरिमामा मात्र ह्रास आउँदैन, विश्वविद्यालयलाई हेर्ने दृष्टिमा समेत नकारात्मक प्रभाव पार्दछ ।

अब एमफिल नगरेसम्म विद्यावारिधि उपाधिका निम्ति प्रक्रिया अघि बढाउन नमिल्ने प्रावधान संस्कृत विश्वविद्यालयले पनि राख्नु अपेक्षित छ । यसका निम्ति एमफिल कार्यक्रम ल्याउने र त्यसलाई अत्यन्तै प्रभावकारीरुपमा कार्यान्वयन गरिनुपर्छ । अब कसैलाई डाक्टर साहेब बनाउन मात्र नभई संस्कृतलाई माथि उठाउने खालका विषयहरुमा मात्र शोध कार्य गराउने कार्ययोजना ल्याउनुपर्छ । वर्तमानमा आयुर्वेदिक औषधि र जडीबुटीप्रति जनआस्था बढेको र प्रयोगमा पनि वृद्धि भएको सन्दर्भमा प्रयोगहीन अवस्थामा रहेका सयौँ बिघा जग्गामा जडीबुटी लगाउने, रोग र औषधिबारे अध्ययन अनुसन्धानका कार्य गर्ने, खासगरी राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय तहसम्म पहल गरी आयुर्वेदको शोध कार्यमा लाग्न एउटा विद्वान्हरुको समूह बनाई क्रियाशील गराउनु आवश्यक छ । ऋग्वेद, स्थापत्य वेदहरुका वैज्ञानिक मान्यताहरुबारे सामूहिक अध्ययन अनुुसन्धान गराई तिनलाई जनसमक्ष ल्याउनु अपरिहार्य छ ।

सेवा आयोग

चाहे त्रिवि, चाहे नेसंवि वा अन्य कुनै, सेवा आयोग निष्पक्ष छैन भन्ने आमजनमानसमा छ । त्यसमा पनि नेसंवि झनै पूर्वाग्रही छ भन्ने आमधारणा छ । विद्वत्ता, ज्येष्ठता र कार्यसम्पादनका आधारमा नभई अमुक दल र व्यक्तिको सेवा र पक्षपोषण गरेका भरमा नियुक्ति पाइने, बढुवामा पर्नेजस्ता कार्य हुँदै आएको छ भन्ने मान्यतालाई चिर्न अब ढिला गर्नुहुँदैन । ऐन नियम र विनियमले तोकेबमोजिम नियुक्ति र बढुवा गर्ने हो भने ५० प्रतिशत सुधार आरम्भ हुन थाल्ने तथ्य लुकाएर लुक्दैन । यसर्थ, तटस्थताको नीति अबको कार्यनीति बन्नुपर्छ ।

आकर्षण

संस्कृत अनुसन्धान सङ्ग्रह हो । यो संसारकै पठनीय र प्रयोगयोग्य विषय हो । भौतिक दर्शनका निम्ति महर्षि कणादको वैशेषिक दर्शन निकै उपयोगी मानिन्छ । परमाणु वम निर्माण गर्ने आधारभूत ज्ञान यसैबाट प्राप्त भएको अणुवमका पिता मानिने जुलियस रबर्ट हाइमरले भने । मोडर्न साइन्स भन्दछ, ‘इनर्जी कहिल्यै समाप्त हुँदैन ।’ उसका दृष्टिमा एउटा शक्ति अर्को शक्तिमा रुपान्तरित हुन्छ । शक्ति भन्नु नै अध्यात्मको अर्थमा आत्मा हो । त्यो तथ्य गीताको दोस्रो अध्यायको बाइसौँ, तेइसौँ र चौबिसौँ श्लोकमा पनि ‘आत्मा मर्दैन, देह वा चोला मात्र बदल्छ’ भन्ने सङ्कथनसँग मेल राख्छ । यसैलाई साइन्समा ‘अ कन्जर्भेसन अफ एनर्जी’ भन्ने गरिएको छ । नासाले संस्कृत कम्प्युटरी गर्न सर्वाधिक सरल र वैज्ञानिक भाषा मानेको छ र एन्गुर्दिन कार्यक्रमको विकास गरिरहेको खुलासा गरेको छ । हामी र हाम्रो विश्वविद्यालयले काम गर्न नसके पनि जसले गहन अनुसन्धान गरी तथ्य बाहिर ल्याइरहेछ । नयाँ नेतृत्वले तिनलाई प्रकाशमा ल्याउने र जनसमुदायलाई सुसूचित गर्ने काम गर्नुपर्छ । संस्कृतसँग जोडिएका संसारमा जुनसुकै कुनामा सानो–ठूलो जस्तोसुकै काम भएको भए पनि तत्काल सम्प्रेषित गर्ने र जनसूचित गर्ने कार्य अपेक्षित छ ।

यसबाट संस्कृत बाहुनको भाषा भन्ने र कर्मकाण्डको ठान्ने मानसिकतामा परिवर्तन आउने र संस्कृत कुनै जाति, वर्ग र समुदायको मात्र नभई सिङ्गो मानवसमाजको सम्पदा हो भन्ने सत्यबोध हुनमा सहयोग पुग्दछ । यो सत्य बुझाउने जिम्मा र दायित्व संस्कृतज्ञको हो । संस्कृत विश्वविद्यालय र सम्बन्धित पदाधिकारीको हो । जुन आजसम्म भइसक्नुपथ्र्यो तर दुर्भाग्य, आजसम्म गर्न सकिएन । अब संस्कृत नबुझेर नकारात्मक टिप्पणी गरिरहेका, जानेर पनि बुझ पचाउँदै बदनाम गराउने मनसायले नकारात्मक व्याख्या गरिरहेका र संस्कृतलाई जन्मजात विभिन्न आग्रहका कारण नकारात्मक धारणा बनाइरहेकालाई पनि बुझाउने र संस्कृतप्रति सकारात्मक बनाउने दायित्व हामी सबैमा छ । यसर्थ, पदाधिकारीको हैसियतले सबै खालेमा संस्कृतप्रति सकारात्मक बनाउनुपर्छ ।

संस्कृत सम्मेलन

सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनको आयोजक राष्ट्र नेपाल हुँदैछ । यसलाई भव्यरुपमा सम्पन्न गर्ने दायित्व राज्यको हो । संस्कृतको संरक्षण, संवद्र्धन र विकास गर्ने कार्य संस्कृतका पदाधिकारीको भएकाले यसलाई सफल तुल्याउन यसै वर्षबाट तयारी आरम्भ गर्नुपर्छ । तर, केवल कार्यपत्र बनाउने र थप्पडी बजाएर पास गर्न आआप्mनो देश फर्किनेजस्तो परम्परागत सम्मेलन गर्नु व्यर्थ छ । हाम्रा महर्षिले खोज गरेर जनहितमा उपयोग गरेका स्वास्थ्य, मनोविज्ञान, स्थापत्य कला, खगोल अध्ययन आदि इत्यादिको नयाँ आविष्कार र प्रयोग गरेर प्रदर्शनी गर्नु अपरिहार्य छ । यसका निम्ति आर्थिक तथा प्राविधिक चुनौती छ तर असम्भव छैन । यति गर्न सक्नुपर्छ युवा नेतृत्वले संस्कृत र संस्कृतिको संवद्र्धन र विकासका निम्ति । बल्ल नेतृत्व लिनु र गर्नुको सार्थकता हुन्छ ।

नयाँ विषय

आधुनिक युगमा झन् वास्तुशास्त्र, आयुर्वेद, मानवशास्त्र, संगीतशास्त्र, योगशास्त्र, पाकशिक्षा, पोषणशिक्षा, औषध रसायन, जडीबुटी उत्पादन, संकलन र प्रशोधन, भाषा, संस्कृति, समाज मनोविज्ञानजस्ता विषयहरुको वैज्ञानिक पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखनको काम गरिनुपर्छ । यसका निम्ति विश्वविद्यालयभित्र कार्यरत प्राध्यापक, विश्वविद्यालयबाहिर रहेका वा विदेशमा रहेर काम गरिरहेका स्वदेशी वा विदेशी विद्वान्हरुलाई नियुक्त गर्ने र निश्चित समयभित्र कार्यसम्पादन गर्ने गरी जिम्मेवारी सुम्पनुपर्छ । महान् र महनीय कार्यका निम्ति सदैव राज्य लगानी गर्न तयार हुनेछ । इच्छाशक्ति भएपछि नेतृत्वले सपना देख्ने र त्यसलाई परिपूर्ति गर्न ठोस कार्यक्रम लिएर आउनुपर्छ । वर्तमान नेसंविको नेतृत्व पक्कै पनि जुझारू बनेर मूर्तरुपमा लाग्नेछ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया