निर्दोष बालबालिकाको जीवनरक्षा

अन‌ि यो पनि

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्षको जुन ४ तारिखका दिनमा संसारभरि नै निर्दोष बालबालिकामाथिको अत्याचारविरूद्धको दिवस मनाउने गरिँदै आइएको छ । विगतका वर्षहरुमा जस्तो यसवर्ष त्यससम्बन्धी कार्यक्रमहरुका साथमा दिवस मनाउने उद्घोष नगरिए पनि समग्र बालबालिकाका लागि यो दिनको मह¤व भने उल्लेखनीय देखा पर्छ । आज अन्याय, अत्याचार अनि युद्ध अपराधजस्ता कहालीलाग्दा आपराधिक चरित्र बोकेका क्रियाकलापहरुले गर्दा बालबालिकाहरु आआफ्ना हकअधिकारबाट वञ्चित हुँदै कुण्ठितरुपमा बाँच्न विवश छन् । कलिला निर्दोष बालबालिकाहरुमाथि भैरहेका हिंसा र अनेक प्रकारका यातनारुपी घटनाहरुकै कारण उनीहरु असुरक्षितसमेत हुँदै आएका छन् । विभिन्न कारणले बालबालिकाहरु धेरै प्रकारका शारीरिक, मानसिक, भावनात्मक अनि संवेगात्मक पीडाहरु भोग्न बाध्य छन् । देशका कतिपय भागमा अझै पनि बालविवाहको बन्धनमा उनीहरु परिरहेका छन् । उनीहरुमाथि हुने यौन शोषणको रुप झन्झन् डरलाग्दोमात्रै बन्दै गएको छैन, बेचबिखनको क्रूर यथार्थसँग पनि बालबालिकाहरु साक्षात्कार गर्न बाध्य भैरहेका छन् । पछिल्लो तथ्याङ्कलाई हेर्दा करिब २७ प्रतिशत बालबालिकाहरु बालविवाह तथा बेचबिखनको जोखिममा रहेका देखिन्छन् । विश्वको परिप्रेक्ष्यलाई हेर्दा त धेरै बालबालिकाको भविष्य युद्धका कारण नै तहसनहस भैरहेको छ ।

अहिले पनि जनसङ्ख्याको ठूलो हिस्साअन्तर्गत रहेका बालबालिकाहरु निःशुल्करुपमा उपलब्ध हुनुपर्ने शिक्षा र स्वास्थ्य उपचारबाट वञ्चित छन् । त्यसरी नै स्वच्छ वातावरणमा उनीहरुको रेखदेख र पालनपोषण भैरहेको छैन । बालश्रमिकको नाममा हुने निकृष्ट क्रियाकलापको निरन्तर उनीहरु सिकार भैरहेका छन् । देशका कतिपय भागमा त उनीहरुलाई बधुँवा मजदुरको रुपमा उपयोग गरिरहेको पाइन्छ । त्यसरी नै मनोरञ्जनका क्षेत्रहरुमा बालबालिकालाई प्रयोग गर्ने शैली र सोचमा अझै परिवर्तन आइसकेको छैन । बालबालिकाका लागि घर र विद्यालय क्षेत्र नै जोखिमपूर्ण भैरहेको अवस्थामा त्यसप्रति समयमै ध्यान नजाने हो भने भोलि ठूलो दुर्घटना नहोला भन्न सकिँदैन । देशका कर्णधारका रुपमा विकसित हुने बालबालिकाहरुले राष्ट्रको विकासका लागि गर्न सक्ने योगदान र निभाउन सक्ने भूमिकालाई कम मूल्याङ्कन गर्न सकिँदैन । काँचो माटोजस्ता बालबालिकाहरुको सुरक्षा, संरक्षण र अधिकारको लडाइँ चुनौतीपूर्ण बन्दै गैरहेको परिप्रेक्ष्यमा उनीहरुको भविष्यप्रतिको दिगो भरोसाले मात्र त्यसको संवद्र्धन गर्न सक्ने कुरा सुनिश्चित छ ।

बालबालिकाहरुले भोगिरहेको रोग, शोक र कुपोषणलाई मूल मुद्दा बनाएर भव्यरुपमा विशेष आयोजनाहरु गर्दै ठूला–ठूला होटेलहरुमा गोष्ठी र सेमिनारहरु गरिएको पाइन्छ, जसमा करोडौँ रकम छिनभरमै स्वाहा पारिन्छ । त्यसरी नाम भजेर गरिने कार्यक्रमहरुका कारण आजसम्म न बालबालिकाहरुको अवस्थामा उल्लेख्य सुधार आउन सकेको छ, न उनीहरुले पाउनुपर्ने कुनै पनि प्रकारको मानवअधिकारको प्रत्याभूति नै भैरहेको देखिन्छ । बालअधिकारको प्रश्न केवल राजनीतिकमात्रै हुन सक्दैन, अझ त्योभन्दा बढी यो सन्दर्भ सामाजिक पृष्ठभूमिमा आधारित छ । सामाजिक असमानताकै कारण बालबालिकाहरुले पाउनुपर्ने हकबाट उनीहरु प्रायः वञ्चित रहँदै आएका पनि छन् । नेपालमा बालबालिकाका हकअधिकारलाई लिएर भरोसायोग्य नेतृत्वको छनोट गर्नेतर्फ हाम्रो ध्यान जानु अपरिहार्य भैसकेको छ । विगतदेखि नै देखिँदै आएको हाम्रो कमजोरीलाई यसरी नै ढाकछोप गरिरहने हो भने भोलिका दिनमा निर्दोष बालबालिकाहरुको भविष्यलाई सुनिश्चितता प्रदान गर्न नसकिने हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...