चितवनका निर्माणाधीन तीन योजनालाई ४९ लाख विनियोजन

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनका दुई नगरपालिका भित्र निर्माणाधीन तीनवटा योजनालाई ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ । रत्ननगर नगरपालिका–ं५ मा निर्माणाधीन झुवानी पर्यटकीय पार्कलाई १७ लाख, वडा नं ९ मा निर्माणाधीन इको पार्कलाई १७ लाख र खैरहनी १३ मा हर्नहरी सूचना केन्द्रलाई १५ लाख रुपैयाँ पर्यटन मन्त्रालयले विनियोजन गरेको हो ।

पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेको पहलमा पर्यटन मन्त्रालयले पर्यटन विकाससँग जोडिएका तीन योजनालाई नयाँ बजेटमा समावेश गरी बजेट विनियोजन गरेको हो । आगामी आर्थिक वर्षमा सर्शत पुँजीगत शीर्षकमा सम्बन्धित नगरपालिका मार्फत् सो रकम कार्यान्वय हुने छ । पर्यटकीय नगरी सौराहासँग जोडिएका तीनवटा योजनाको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउनु पर्ने आवश्यकता देखिएकोले बजेटका लागि आफुले पहल गरेको नेता पाण्डेले जानकारी दिए ।

चितवनको विकासका लागि आफुले अन्य योजनाहरु नयाँ बजेटमा समावेश गरेको भन्दै नेता पाण्डेले पुस्तकमा प्रकाशित भएपछि सार्वजनिक गर्ने बताए । यस अघि नेता पाण्डे र रत्ननगर नगरपालिकाको सयुक्त पहलमा रत्ननगर अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालनको लागि अर्थमन्त्रालयले तीन करोड रुपैयाँ स्वीकृत गरेको थियो । सरकारले नयाँ बजेटमा रत्ननगरका कृषि थोक बजार स्थापनाको लागि बजेट विनियोजन समेत गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया