विपन्न परिवारलाई वे ग्रुप नेपालको खाद्यान्न

अन‌ि यो पनि

चितवन २० जेठ । सामजिक क्षेत्रमा सक्रिय बन्दै आएको वे ग्रुप नेपालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण जारी निषेधाज्ञामा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ। दोस्रो चरणको कोरोना कहरसँगै भएको निषेधाज्ञाका बीचमा वे ग्रुप नेपालले चितवनको भरतपुर र रत्ननगरका अति विपन्न परिवारलाई विभिन्न दाताहरुको सहयोगमा खाद्यान्न वितरण गरेको हो। हालको विषम परिस्थितिमा १२० घर परिवारलाई सहयोग गरिएको अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए। प्रति परिवार १ बोरा चामल, १ लिटर खाने तेल, एक किलो नुन र तीनदेखि पाँच किलोसम्म दाल सहयोग गरिएको उनले बताए।

व्यक्तिगत घरधुरीबाहेक पनि आदर्श गृह, मानवसेवा आश्रम, साहाराको घर, हाम्रो घरलगायतका सामाजिक संस्थालाई भने ३/३ बोरा चामल सहयोग गरिएको उनको भनाइ छ। यस्तै भोकाहरुका लागि दैनिक खाना खुवाउँदै आएको स्वस्तिक फाउन्डेसनलाई पनि १० बोरा चामल, १५ केजी दाल, १५ केजी आलु, दुई किलो नुन र तीन लिटर खाने तेल सहयोग गरिएको अध्यक्ष कँडेलले जानकारी दिए।

यस्तै नारायणी नदी किनारमा खाना बनाएर खुवाउँदै आएका सामाजिक अभियन्ताहरुको टोलीलाई पनि १० बोरा चामल, दुई बोरा दाल, एक बोरा आलु, पाँच लिटर खाने तेल, भरतपुर ४ मा परिवारको सदस्य गुमाएका एक जनालाई दाह संस्कार र काजकृया खर्चस्वरुप नगद पाँच हजार रुपैयाँ सहयोग गरिएको वे ग्रुप नेपालले जनाएको छ।

साथै खर्च अभावमा अलपत्र परेका यात्रुको उद्दारदेखि विभिन्न स्थानमा मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री वितरणसमेत गरिएको अध्यक्ष कँडेलले बताए। हालसम्म २५ प्याकेट सर्जिकल मास्क र २५ थान स्यानिटाइजर वितरण गरिएका उनले बताए। उनका अनुसार हङकङस्थित ऋषि सापकोटा र अन्य साथीहरुको पहलमा विपन्न परिवारलाई सहयोग गरिएको हो।

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

कास्की । कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया