चितवनमा कोरोना : अस्पताल भर्ना हुने घट्दै, ३४० को उपचार

अन‌ि यो पनि

चितवन २० जेठ । चितवनका अस्पतालमा बिहीबार ३४० जना कोरोना संक्रमितको उपचार भइरहेको छ। भरतपुर अस्पतालमा ११५ जना, चितवन मेडिकल कलेजमा ९७ जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ४० जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २९ जना र जिल्लाका अन्य निजी अस्पतालमा २० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

स्थानीय तहले निर्माण गरेको आइसोलेसन केन्द्रमा पनि संक्रमितको उपचार चलिरहेको छ। यहाँका सातटा स्थानीय तहमध्ये भरतपुरमा १४ जना, माडीमा ४ जना, रत्ननगरमा दुईजना, खैरहनीमा १० जना, कालिकामा तीन जना र इच्छाकामना गाउँपालिकामा ६ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। बिहीबारको तथ्यांकअनुसार राप्ती नगरपालिकाको आइसोलेसन केन्द्रमा भने संक्रमितको संख्या शून्य छ।

१५९ जना आइसियूमा, ४० जना भेन्टिलेटरमा र ३४ जना एचडियूमा रहेर उपचार गराइरहेका छन्। जेठ महिना लागेयता अस्पताल भर्ना हुनेको संख्या बिस्तारै कम हुँदै आएको छ। निषेधाज्ञाका कारण घरभित्रै बसेपछि समुदायमा फैलिन कम भएकोले संक्रमितको संख्या बिस्तारै ओरालो लाग्न थालेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारी बताउँछन्।

५ जनाको ज्यान गयो
गएको २४ घण्टामा चितवनका अस्पतालबाट पाँचजना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमा एक जना (धादिङ), चितवन मेडिकल कलेजमा २ जना (१ जना चितवन, १ जना लमजुङ), पुरानो मेडिकल कलेजमा चितवनका १ जना, अन्य निजी अस्पतालमा चितवनका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

३९ जना डिस्चार्ज
चितवनका अस्पतालबाट बिहीबार ३९ जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्पतालबाट १२ जना, चितवन मेडिकल कलेजबाट १० जना, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट १२ जना अन्य संस्थागत आइसोलेसनबाट ५जना डिस्चार्ज भएको कार्यालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया