उद्योग वाणिज्य संघ–चितवनद्वारा राहत वितरण

अन‌ि यो पनि

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले आज बिहीबार देवघाट–१ बसेनीटारमा राहत वितरण गरेको छ ।
राजमार्ग देखि करिब १२ किलोमिटरको उचाईमा रहेको उक्त विकट बस्तीका ५५ विपन्न परिवारलाई चामल,दाल, तेल, चिउरा, आलु, नुनलगायतका दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुु वितरण गरेको संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राहत वितरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ को नया“ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरी जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताए ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दैै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताए ।

संघले कोरोना राहतकोषको स्थापना गरी चितवन र आसपासमा रहेका वस्तीमा राहत वितरण लगायत अन्य सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

तनहूँका समासद् कृष्णकुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष चिरञ्जिवी सुवेदी, कार्यसमिति सदस्यद्वय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा वडा देवघाट–१ का जनप्रतिनिधिको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया