चौतारीले कोभिडको असरमा परेका पत्रकारलाई सहयोग गर्ने

अन‌ि यो पनि

भरतपुर २० जेठ । प्रेस चौतारी चितवन, जिल्ला शाखा चितवनको बैठकले कोरोनाका कारण प्रभावित जिल्लाका पत्रकारहरूलाई सहयोग गर्ने निर्णय गरेको छ ।

चौतारी चितवनले पत्रकारको स्वास्थ्य सुरक्षामा ध्यान दिएर सबै पत्रकारहरुमा गरिएको स्वास्थ्य सामाग्री वितरण, संगठनका आगामी कार्ययोजना एवम् कार्यभारका विषयमा छलफल गरेको थियो । हालै सरकारले बजेटमार्फत निशुल्क उपचार र दुर्घटना बिमा गराउनेसम्बन्धी मागलाई साउन १ गतेबाट नै कार्यान्वयनमा लैजान माग गरेको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका कार्यवाहक महासचिव हिरा लामाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सचेततापूर्वक समाचार संकलन गर्न आग्रह गरे । उनले महामारीका बेलामा समस्यामा परेका पत्रकारहरूलाई आफ्ना समस्याहरू राख्न क्रियाशील सबै पत्रकारहरूलाई अनुरोध पनि गरेका छन् ।

बैठकमा प्रेस चौतारी प्रदेश कमिटी सदस्य तिलक रिमाल, शंकर अधिकारी, द्धारिका नेपाल, प्रतिमा सिलवाल, रामकान्त पौडेल लक्ष्मण गौत्तम, मनोज घिमिरे, केन्द्रीय कमिटी सदस्य शालिग्राम नेपाल, अनुशासन आयोग सदस्य संगीता आचार्य पत्रकार महांसंघका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, चौतारी चितवन संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी चितवनका निवर्तमान अध्यक्ष तीर्थ नेपाल, सल्लाहाकार एवम् कार्य समिति सदस्यहरूले आआफ्ना धारणा र सुझावहरु राख्नुभएको थियो । चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले संगठनले अहिलेसम्म गरेका गतिविधिको बैठकमा जानकारी गराएका थिए ।

प्रेस बैठकले समाचार संकलनका क्रममा अग्रभागमा खटिँदा कोरोना संक्रमण भएका पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले महामारीको बेलामा पत्रकारहरुको सुरक्षालाई प्राथमिकतामा राखेर संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने विभिन्न संघसंस्थाहरूलाई धन्यवादसमेत ज्ञापन गरेको बैठकको अध्यक्षता चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले गरेका थिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया