भरतपुर । व्यवसायीहरुसँग रकम असुलेको आरोपमा शनिबार मुग्लिनबजारबाट चारजना पक्राउ परेका छन् ।
मुग्लिनका विभिन्न व्यवसायीहरुसँग कर कार्यालयको नाममा पैसा लिइरहेको अवस्थामा पर्वत घर भएका ३४ वर्षका विष्णु तिवारी, भण्डारा ८ का २७ वर्षका तारानाथ कँडेल, पिडा धादिडका ४२ वर्षीय सानुकाजी पाठक र मुग्लिनका ४८ वर्षीय नारायण पाण्डे रहेका छन् । पक्राउ परेका मध्ये अन्य लेखापढी गर्ने व्यक्ति रहेका र पाण्डे भने होटल व्यवसायी संघ मुग्लिनको अध्यक्ष भएको खुलेको छ ।
उनीहरुको साथबाट रु.२ लाख ४० हजार नगद बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । आज आइतबार उनीहरुमाथि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
Discussion about this post