क्रिकेट रङ्गशालामा रोपिँदै दूबो, केही महिनामै खेल्नयोग्य हुने

अन‌ि यो पनि

रामपुर । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मुख्य मैदानमा दूबो रोप्न सुरू गरिएको छ । बुधबार रङ्गशालामा विशेष भूमिपूजा गरेर दूबो रोप्न सुरू गरिएको हो । ‘मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दूबो रोप्न सुरू गरिएको हो । अब केही महिनापछि मैदान खेल्नयोग्य हुनेछ’, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले भने ।

कोरोना महामारीका बेलामा पनि रङ्गशाला निर्माणको काम निरन्तर भइरहेको छ । ‘यो विषम परिस्थितिमा पनि विभिन्न सुरक्षाका उपाय अपनाई हामी निरन्तररुपमा रङ्गशाला निर्माण अभियानमा छौँ । अहिले सुरक्षितरुपमा कामदारहरुलाई रङ्गशाला निर्माणमा खटाएका छौँ । भित्र अरुलाई प्रवेश निषेध गरेका छौँ, कामदारहरुलाई बाहिर निस्कन पनि बन्देज गरेका छौँ’, अध्यक्ष धुर्मुसले भने ।

रङ्गशालामा अहिले ३ हजार क्षमताको प्यारापिट निर्माण भइसकेको छ । अन्य प्यारापिट निर्माणको काम द्रुतगतिमा भइरहेको छ । अहिले रङ्गशालाको ३ सय ६० वटा पिलरमध्ये सबै पिलर ठड्याइसकिएको छ । अहिले दुईवटा भिआइपी टावरमध्ये टावर १ को फुटिङको डन्डी बिछ्याउने काम र लिफ्टको काम धमाधम भइरहेको फाउन्डेसनका अध्यक्ष धुर्मुसले जानकारी दिए ।

रङ्गशालामा अहिले स्ट्यान्ड ‘ए र बी’मा २८६ वटा पिलर उठिसकेका छन् । निर्माणाधीन संरचनाको पूर्व र पश्चिमपट्टि १५–१५ हजार दर्शक क्षमताको साधारण प्यारापिटको पिलर उठाउने काम भइरहेको छ । उत्तर र दक्षिणपट्टि भिआइपी प्यारापिटको जग ढलानको काम सुरू भएको छ । ७५ मिटर रेडियसको मैदानमा सातवटा पिच हुनेछन् । प्लिन्थ बिममाथिको पिलरको ढलान हुँदैछ । प्यारापिटमा ३६८ वटा पिलर रहनेछ ।

बन्दै गरेको रङ्गशालाको मुख्य क्रिकेट मैदान र प्यारापिटले पनि आकार लिइसकेको बताउँदै उनले यही गतिमा काम अघि बढ्दा अबको एक वर्षमा रङ्गशाला तयार भइसक्ने दाबी गरे ।

अहिलेसम्म रङ्गशालाको मैदानको काम ९० प्रतिशत सकिएको र प्यारापिटको काम पनि ३० प्रतिशत सकिएको उनले बताए । तीन हजार दर्शक बसेर हेर्न मिल्ने पहिलो चरणको प्यारापिट तयार हुँदैछ । खेल मैदानमा दूबो रोप्नेबाहेक अरु सबै काम पूरा भएका छन् । समग्र संरचनाको ३० प्रतिशत काम भइसकेको र अभावका बीच पनि छोटो समयमा धेरै काम भएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रङ्गशाला बनाउने भएपछि उक्त जग्गा त्रिभुवन विश्वविद्यालयले भरतपुर महानगरपालिकाको माध्यमबाट फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया