भरतपुर । साइराम बालआश्रम भरतपुर ११ का बालिकाहरुको शनिबार दाँत परीक्षण गरिएको छ । दन्त चिकित्सक डा. अजय न्यौपानेको ३५ औं जन्मदिनको अवसरमा आश्रममा रहेका बालिकाहरुको दाँत परीक्षण गरिएको हो ।
यस आश्रममा १७ जना अनाथ बालबालिका रहेका छन् । दाँत परीक्षणमा डा. सरिता थापा न्यौपानको पनि उपस्थिति रहेको थियो । जन्मदिनको अवसरमा पुण्य काम गर्न पाउँदा आफू निकै खुसी भएको डा. अजय न्यौपानेले बताउनुभयो । आफूहरुको सानो सहयोगले कसैको स्वास्थ्य दीर्घकालसम्म राम्रो हुन्छ भने किन सहयोग नगर्ने भन्ने अभिप्रायले यस्तो काम गरेको उहाँको भनाइ छ ।
Discussion about this post