नवलपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको निधन

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-४, सर्दी पाखापानीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

नवलपुर प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ५५ प ९८८९ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी पाल्पा माछागढी निवासी २७ वर्षीय हर्कबहादुर डिस्वा मगरको निधन भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनासमेत सामान्य घाइते भएका छन् ।

त्यसैगरी मोटरसाइकल चालक विनयी त्रिवेणी गाउँपालिका सर्दी निवासी २७ वर्षीय कपिल भूषाल र मोटरसाइकलमा सवार २८ वर्षीय सागर भुसाल सामान्य घाइते भएका हुन् । मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया