दाताको भर, पदको स्वाद र नेपालको वर्तमान

अन‌ि यो पनि

दुई दशकभन्दा अघिदेखि चितवनबाट प्रकाशन भइरहेको लोकप्रिय दैनिक पत्रिका चितवन पोष्ट दैनिकमा देवघाटका बाँदरहरु बेस्सरी रिसाएर मान्छेलाई आक्रमण गरेको र दैनिक केही मान्छे घाइते भएको समाचार छापिएको छ । अप्रत्याशितरुपमा यसरी बाँदर रिसाएर मान्छेलाई चिथोर्नुमा विभिन्न मान्छेहरुले अनेकथरीका विचार प्रस्तुत गरे । कसैले वैशाख–जेठ महिना बाँदरको सहवास गर्ने मौसम भएको र भाले बाँदरहरुबीच यसैका लागि झगडा भएको कारण भने त कसैले बन्दाबन्दीको कारण भक्तजनहरुले खानेकुरा दिन नपाउँदा भोकका कारण बाँदर रिसाएको बताए । तर, बाँदरसम्बन्धी अध्ययन गर्नेको विचारचाहिँ केही फरक देखियो । उनले मान्छेहरुले बाँदरलाई खान हुने÷नहुने दुवै खाले खानेकुरा खान दिएका कारण बाँदरको स्वास्थ्यमा गडबडी हुन पुगेर बाँदर रिसाउने अवस्थामा पुगेको र बाँदरलाई आफैँ खानेकुरा खोजेर खान दिने अवस्थाबाट खानेकुरा दिएर परनिर्भर बनाउँदाको परिणाम त्यो ढङ्गले बाँदर रिसाएको बताए । अब मूल कुरा यहीँनेर पत्ता लाग्छ कि जंगलमा पाइने फलफूल र कन्दमूललगायतका खानेकुरा खाने बाँदरलाई सधै्रँभरि अनेकथरी खान दिने त कहिले थुप्रै दिन खान नदिने अवस्थाले बाँदरको त्यो हविगत भएको प्रस्ट देखियो । अर्थात्, देवघाटको बाँदरलाई मेहनतै नगरी खान पाउने अवस्थामा पु¥याइयो र यतिबेला खान दिइएन । यही कारण बाँदरहरु रिसाएर उत्पात मच्चाउन लागे ।

कुरा अब यसरी खुल्छ । नेपालको राजनीतिक इतिहासमा सर्वाधिक चर्चित नाममध्ये एक जंगबहादुर राणा एक खेप बेलायत गए । जंगबहादुरको हाउभाउ र पारा देखेर बेलायती शासकहरु रमाए । उनको कुराबाट अंग्रेजहरुले मनोरञ्जन पनि लिए । मनोरञ्जन गराएबापत जंगबहादुरलाई अंग्रेजले केही कोसेली पनि दिए । त्यो कोसेली उ बेलाको संसारको सबैभन्दा शक्तिशाली देशले दिएको हुँदा नेपालमा ल्याएपछि सजाएर राख्ने र बढी नै मान्यता दिएर प्रचार पनि गरियो । यसरी नेपालको इतिहासमा जंगबहादुरले कोसेलीस्वरुप नेपालमा विदेशबाट माग्ने चलन चलाएपछि पछिल्ला शासकहरुले पनि त्यो कामको सिको गर्न लागे । प्रत्येक शासकले कुनै न कुनै देशबाट केही न केही माग्ने र नेपालमा ल्याउने कामलाई निरन्तरता दिए । शाह राजाहरुले समेत विकसित देशहरुबाट केही न केही माग्दै भिœयाउँदै गरेको अवस्थालाई उछिनेर लोकतन्त्र, गणतन्त्र हाँक्ने शासकहरुले समेत मागेको माग्यै गर्न लागे । यसरी मागेर जनता पाल्ने सिस्टम नै स्थापित भएपछि मुलुकभित्रका जनतालाई केही गर्नुपर्छ भन्ने सन्देशै मिलेन । जति नागरिकहरु विदेशमा पसिना बगाउन गए तिनले उतातिरबाट कमाएको दाम नेपाल पठाए । त्यो पैसा पनि देश चलाउन सहयोगी बन्यो । त्यतिले नपुगे धनी देशसँग माग्न थालियो र त्यही मागिएको पैसालाई राष्ट्रिय बजेटमै हालियो र देश हाँकियो । कम्तीमा ५१ प्रतिशत जनतालाई बेरोजगार राखियो । मीठो नमीठो खान दिइयो, थोत्रोथाम्रा लाउन दिइयो, गुणस्तरहीन नै किन नहोस् शिक्षा दिने प्रपञ्च मिलाइयो, तर स्वावलम्बी बनाइएन । यही कारण नेपालले केही उत्पादन गर्न सकेन । काम गर्न नपर्ने घुमाउरो सन्देश दिनकै लागि मुलुकभित्र भएका उद्योग कलकारखानाहरु निजीकरणको नाममा सस्तो मूल्यमा बेचेर शासकहरुले बाँडीचुँडी खाने कामसमेत गरेको देखियो । यसरी कामै गर्न नपर्ने बानी थोपरेर शासकहरुले जनतालाई कुँजो बनाउँदाको परिणाम जनता आज रोजगारी देऊ भन्नै छाडे । हामीलाई काम दिएर आत्मनिर्भर बन्न मद्दत गर भन्नै छाडे ।

काम गर्नेको इज्जत हुन्छ, मागेर खानेको इज्जत हुन्न भन्ने कुरै नेपाली जनताले बिर्सिए, शासकहरुले बिर्साइदिए । सबै शासकहरुले नेपाली जनतालाई देवघाटको बाँदरको पाराले मेहनत नगरी खाने बानी थोपरिदिए । परिणाम आज देखियो– देवघाटका बाँदरहरु भक्तजनरुपी मान्छेहरुले खान नदिँदा, आफैँ खोजेर खाने बानी हरण गरिएकाहरु भोक लागेका बखत खान नपाउँदा मान्छे टोकेर हाहाकार मच्चाउने अवस्थामा आइपुगे । उता बाँदरको बानी बिगार्दा त्यो हविगत भयो, यता काम नगरी कुरामात्रै गरेर पनि पेटभरि खान पाउने अवस्थामा पु¥याइएका जनतालाई आज पनि स्वावलम्वी हुने विषय सिकाइएको, पढाइएको छैन । जेनतेन अहिले पनि मागेरै खुवाइएको छ, देशभित्र उत्पादन शून्य हुने अवस्था सिर्जना भइसकेको छ । यो अवस्थाले यही भन्छ कि आज त बाँदरमात्रै छट्टाएर मान्छे टोक्न हतारिएको छ, कुनै एकदिन त्यस्तो आउन सक्छ– आज बाँदरलाई मान्छेले खान दिन नमिल्ने अवस्था आएजस्तै दाता देशहरुको भर परेर सबथोक मागेर जनता पालिएको अवस्थामा उलटपुलट हुन सक्छ, दाताहरु आफैँ बाँच्नका लागि संघर्ष गर्नुपर्ने अवस्थामा पुग्न सक्छन् । त्यस्तो अवस्था भनेको आजको बाँदर बर्बराएको अवस्था हो र त्यस्तो अवस्थाले यही जानकारी दिन्छ कि अहिले बाँदरले खान नपाएर उपद्रो मच्चाएको छ, त्यतिबेला नेपाली जनताले उपद्रो मच्चाउने छन् ।

अब चर्चा गरौँ पदको स्वादको । नेपालमा जस्तै तलदेखि माथिसम्मका पद त संसारका अन्य राष्ट्रमा पनि खडा गरिएका छन् । तर, अरु देशका नागरिकहरु पदमा हुँदा मात्रै इज्जत हुन्छ भन्ने कुरामा विश्वास राख्दैनन् । पदमा भएका व्यक्ति मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति नै किन नहून् उनीहरु आफूलाई अरुभन्दा ठूलो र शक्तिशाली ठान्दैनन् । पद अस्थायी हो, कर्मको प्रभावचाहिँ दीर्घ हुन सक्छ, यही बुझ्छन् विकसित राष्ट्रका राजनीतिज्ञहरु । तर, नेपालको हकमा पदमा बस्नेले आफूलाई निकै उच्च ठान्छ र पदमा नभएकाहरु आफूलाई निम्सरो ठान्छन् । यी दुईथरी नागरिकको दुवै खाले विचार देश र समाजका लागि हितकर छैन । पदमा नभएकाहरु साना होइनन् र पदमा भएकाहरु ठूला होइनन् । तर, यो देशमा ठूलो र सानो ठान्ने चिन्तन आजसम्म मेट्ने÷मेटाउने काम आजसम्म भएन । हो न हो जिन्दगीभरिका लागि पदमा बसिरहँदा ठूलो भइने र इज्जत पाइने लोभको भाँडोमा चुर्लुम्म डुब्न पुग्दा आज नेपाल राजनीतिकरुपले पूरै अस्तव्यस्त हुन पुगेको छ ।

अनुशासन र मर्यादा पालनको नामोनिशान भेटिँदैन । हुँदाहुँदा आज यो देशमा यस्तोसम्म देखियो कि कुनै एक वकिलले न्यायाधीशलाई तपाईं “बिदामा बस्नुस्, फैसला नगर्नुस्”सम्म भनेको देखियो । ती वकिलको त्यो भनाइलाई सूक्ष्मरुपले विश्लेषण गर्ने हो भने यस्तो अर्थ लाग्छ कि उनी यो देशको सबैभन्दा उच्च व्यक्ति हुन् जसलाई कानुनले छुँदैन, उनी पञ्चायतकालीन राजा श्री ५ हुन् । राज्य सञ्चालन प्रक्रियामा न्यायालयको सबैभन्दा मह¤वपूर्ण भूमिका हुन्छ, जब कि ती वकिलले सर्वोच्च अदालतका न्यायाधीशलाई अपमानजनक ढङ्गले वचन प्रयोग गरे । अदालतमा हंगामा भयो । फैसलाका लागि न्यायाधिश परिवर्तन गर्ने वा नगर्नेसम्मको नयाँ बहस प्रारम्भ भयो । नेपाल यस्तो निरीह देश साबित भयो जब कि न्यायाधीशलाई अपमान गर्ने एक वकिललाई कानुनी कारबाहीसम्म हुन सकेन । यो चरम अराजक अवस्था हो । कानुन र न्याय मरेको अवस्था हो । पदको चरम लोभमा फस्न हुन्न भन्ने चेतको कमीले नेपालका राजनीतिज्ञहरु अन्धा हुन पुग्दा र देश तथा जनताप्रति उत्तरदायी नभएका नेतृत्व पंक्तिका कारण आज तलदेखि माथिसम्म अनुशासन र कानुनको पालना नगर्ने, गर्न नपर्ने अवस्था सिर्जना भयो । परिणाम यस्तो देखियो कि नेपालको इतिहासमा कुनै वकिलले सर्वोच्च अदालतमा हाकाहाकी न्यायाधीशलाई त्यस्तो ठूलो अपमानरुपी अपराध गरेको समेत हेर्नपर्ने अवस्था देखा प¥यो ।

फेरि पनि राज्य व्यवस्था कमजोर हुनपुग्दा न्यायाधीशलाई आदेश दिने वकिललाई कानुनी सजाय दिने अवस्था टाढा धकेलिन गयो । वकिल छाडा हुनुमा घुमीफिरी नेताहरुको पदलोलुपता नै कारण देखिन्छ । पद नै जीवनको सबैभन्दा ठूलो सफलता होइन भन्ने प्रमाण त छिमेकी देश भारतका महान् नेता महात्मा गान्धी हुन्, जसले जीवनमा कहिल्यै पदमा बस्न चाहेनन् र पनि आज उनलाई संसारका सबैले मान्छन्, इज्जत गर्छन् । अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामा अहिले एउटा रेस्टुरेन्टमा काम गर्छन् । पदमा बसे तर काम सकिएपछि छाडिदिए । सामान्य जीवन व्यतीत गर्न लागे । निष्कर्ष यही हो, हाम्रा नेताजीहरुले अस्थायी पदको लागि यतिविघ्न लोभ गर्न हुन्न भन्ने कुरा नै बुझ्नुभएन । अब बुझ्नुपर्छ । जबसम्म पदको अति लोभमा हाम्रा नेताहरु फसिरहनु हुन्छ तबसम्म बिग्रिएको सिस्टम ठीक ठाउँमा आउन सक्दैन । सिस्टम ठीक ठाउँमा नआएसम्म अहिले त देवघाटका बाँदरको चिल्लीबिल्ली भयो, जनताको अवस्था पनि त्यस्तै हुन सक्छ । नेपालका नेताहरुले बुझ्नैपर्ने मह¤वपूर्ण कुरा योभन्दा अरु हुनै सक्दैन ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

परनिर्भरताको दलदल !

प्रतिकृया