सङ्कटमा सारथि बन्यो सपना भिलेज

अन‌ि यो पनि

रत्ननगर । सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर उकास्न काम गरिरहेको सौराहाको सपना भिलेज सोसल इम्प्याक्टले आफ्नो भूमिकामा समयसापेक्ष परिवर्तन गरेको छ । कोरोना महामारी सुरू भएपछि इम्प्याक्टले नागरिकको जीवनरक्षा र अतिविपन्न समुदायको गुजारा चलाउन केन्द्रित भएको हो ।

कोरोनाको पहिलो लहरमा अतिविपन्नलाई राहत वितरण गरेको इम्प्याक्टले दोस्रो लहरमा चितवनका सरकारी अस्पताल र आइसोलेसनमा कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने अक्सिजन सहयोग गरेको छ । अस्पतालमा अक्सिजन आवश्यक प¥यो भने इम्प्याक्टले उपलब्ध गराउँछ । गरिबहरुको बस्तीमा खाद्यान्न अभाव भए इम्प्याक्ट दाल–चालम बोकेर घरमै पुग्छ ।

चितवनका चेपाङ समुदायमा गरिबी निवारणका लागि काम गरिरहेको इम्प्याक्टले कोरोना महामारीको सङ्कट समाधानका लागि सारथिसमेत बनेको छ । कोरोना सङ्क्रमितलाई अस्पतालसम्म लैजान बोलेरो गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेर नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको इम्प्याक्टले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने जिल्लाका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

‘समाजसेवाकै लागि हामीले संस्था स्थापना गरेका हौँ’, इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले भने, ‘कोही सङ्कटमा प¥यो भने हामी सहयोग गर्छौं ।’ सङ्क्रमितको उपचारका लागि जिल्लाका सरकारी अस्पतालहरुलाई अक्सिजन उपलब्ध गराइएको भन्दै गिरीले संस्थाको क्षमताअनुसार आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने बताए ।

बुधबार निषेधाज्ञाका कारण जीवनयापनमा समस्या झेल्दै आएका रत्ननगरका मुसहर समुदायलाई राहतस्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । वडा नं–७, मालपुरमा रहेको मुसहरबस्तीका ४५ घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार १५ किलो चामल, २ किलो दाल, नुन एक प्याकेट, एक प्याकेट तेल र मास्क वितरण गरिएको हो । बस्तीमै आयोजित कार्यक्रममा इम्प्याक्टका अध्यक्ष धु्रव गिरी र वडा सदस्य भगन्ती माझीले खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मुसहर समुदायमा भोकमरी लाग्ने सम्भावना देखिएपछि १५ दिनका लागि खाद्यान्न सहयोग गरिएको अध्यक्ष गिरीले बताए । वडा सदस्य माझीले निषेधाज्ञाका कारण गाउँघरमा काम पाउन छाडेपछि मुसहरको चुलोमा आगो नबल्ने अवस्था आइसकेको बताइन् । तीन दिनअघि इम्प्याक्टले वडा नं–८ का अतिविपन्न ९५ घरपरिवारलाई प्रतिपरिवार ३० किलो चामल, दाल, नुन, तेल, मास्क र साबुन वितरण गरेको सपना भिलेजका म्यानेजर नारायण पुरीले जानकारी दिए ।

कोरोनाको दोस्रो लहर सुरू भएपछि सपना भिलेजले भरतपुर, रत्ननगर अस्पताल र इच्छाकामनाको आइसोलेसनका लागि अक्सिजनसहितको सिलिन्डर, रत्ननगरका सङ्क्रमित बोक्ने गाडी र जिल्लाका पत्रकारहरुलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । इम्प्याक्टले चेपाङ समुदायको जीवनस्तर उकास्न सिद्धिमा तीनवर्षे परियोजना सम्पन्न गरेर अहिले इच्छाकामनामा काम गरिरहेको छ । कोरोनाले काम गर्ने वातावरण तयार नभएपछि इम्प्याक्टले आफ्नो भूमिका परिवर्तन गरी सङ्कटको सारथि बनेको इम्प्याक्टका निर्देशक सुजन बस्नेतले बताए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया