बुधबार ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ निको, १०१ जनाको मृत्यु

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा गत २४ घन्टामा ७२१९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा देशभर गत बुधबार ५३१६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घन्टामा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ ।

गत यस अवधिमा देशभर ५३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए । पिसिआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १३ हजार ८०५ जनाको नमुना पिसिआर र ३०७३ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको थियो । हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ ।

काठमाडौँ उपत्यकामा बुधबार मात्र १४५६ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट निको हुने दर ८०.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...