थप ११ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

अन‌ि यो पनि

मकवानपुर । मकवानपुरमा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पु¥याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय हटाइने भएको छ । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ । रासस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...