निषेधाज्ञाको नयाँ आदेशअनुसार सहकारी खुल्ने, अन्य व्यवसाय यथावत

अन‌ि यो पनि

चितवन, १९ जेठ । चितवनमा थप एक साता निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार जारी गरेको आदेशअनुसार थप एक साता निषेधाज्ञा थप गरेको छ । नयाँ आदेशअनुसार जेठ १ गतेदेखि बन्द भएका सहकारी तथा वित्तीय संस्थाहरु सातामा तीन दिन सञ्चालन हुने छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले ग्रामीण भेगका धेरै मानिसहरु सहकारी संस्थामा आबद्ध हुने भएकाले उनीहरुको मागलाई सम्बोधन गर्दै वाणिज्य बैंकहरु जसरी नै सातामा तीन दिन खोल्न दिने निर्णय भएको बताए । सहकारी खोल्न माग धेरै भएपछि भीडभाड हुन नदिने गरी खोल्न दिने निर्णय गरिएको उनले बताए ।

प्रशासनको नयाँ निर्णयसँगै चितवनका सहकारी संस्थाहरु आइतबार, मंगलबार र बिहीबार तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गरी खोल्न पाउने छन् । जसका लागि सहकारीले न्यूनतम कर्मचारी खटाउन पाउने छ ।

जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जारी आदेशमा अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन, निस्कनैपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।

विवाहताथ व्रतबन्धलगायतका संस्कारजन्य कार्यक्रमका लागि बढीमा १० जना भन्दा नबढ्ने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न भनिएको छ । अत्यावश्यकबाहेक कुनै पनि व्यापार, व्यवसाय, मनोरञ्जन, सभा-सम्मेलन, तालिम सञ्चालन गर्न नपाइने पूर्ववत आदेशलाई नै निरन्तरता दिइएको छ ।

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया